२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा पनि ६ दलीय मोर्चाले गरेको बन्दको प्रभाव परेको छ । बुधबार लामो दुरीका सवारी साधन, शैक्षिक संस्था, बजारहरु पुरै बन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका छन भने लामो रुटमा संचालन हुने सवारी साधनहरु बन्द भएका छन् ।
नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले चोकहरुमा बिहान बाट नैप्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका छन् ।
प्रहरीका अनुसार कञ्चनपुर सहित प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ भने शिक्षण संस्था पनि बन्द भएका छन् । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सञ्चालन नभएका हुन् ।
मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो । गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो । मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दे सबै जिल्ला प्रशासन कार्यलयलाई शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको हो ।सरकारले नागरिकको अधिकार हनन गर्ने र गैरकानुनी काम गर्नेविरुद्ध सुरक्षा निकायलाई चनाखो हुन निर्देशन दिएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी