२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । बाजुरामा सुत्केरी महिलाहरुको मृत्यु दर बढदो क्रममा रहेको पाईएको छ । विगत ३ बर्षमा ८ जना सुत्केरीको अकालमै मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको हो ।
२०७६ सालमा ५ जना, २०७७ सालमा १ जना र २०७८ मा २ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय बाजुरासँग भने यसको पुरा तथ्याङ्क नरहेको पाईएको छ ।
२०७६ सालमा मृत्यु हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्री बस्ने ३५ वर्षियका पुल्ती रावल, बडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपाली, बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ३५ बर्षिय निर्मला बोहाराको भएको छ । त्यस्तै त्रिवेणी नगरपालिका १ छताराकी ३७ वर्षकी रेजीया नेपाली, बुढिगंगा नगरपालिका ७ झालि बस्ने २० बर्षकि कमला उखेडको मृत्यु भयो ।
२०७७ सालमा बुढिनन्दा नगरपालिका ४ कुरुमा २३ वर्षिया अम्बकला रोकायाकाको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाका मृत्यु भएको हो ।
२०७८ साल साउन महिनामा त्रिवेणी नगरपालिकाको किम्नीकी २० बर्षिय जौलादेवी बिक बच्चा पाएको १० दिन पछि अत्याधिक रक्तस्राबको कारणले मृत्यु भयो ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको खड्काले वताए । अर्को सुत्केरी भएको बेला आरम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले वताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी