२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर:
कैलालीमा कोरोना खोपको चरम लापरवाही गरिएको पाईएको छ । धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने १० बर्षका बालकलाई बाटोमा रोकेर खोप लगाईएको बालकका बुवाले जानकारी दिएका छन् । छोरा बिधालयबाट घर आउने क्रममा १० बर्षे बालक लाई स्कुल नजिकै पर्ने वडा नम्बर २ को कार्यालयमा लगेर बिना रेर्कड खोप लगाई बालकको हातमा खोप कार्ड थमाएको उनका बुवा टेकराज जोशीले बताए । बालकको उमेर १० बर्ष हुनु पर्नेमा १२ बर्ष ,कुन मितिमा लगाएको र कुन खोप लगाईएको भन्ने कुरा नखुलाई वडा कार्यालयको नाम भने उल्लेख गरिएको जोशीले बताए । जोशीले वडा कार्यालय गएर कुन भ्याकसिन लगाएको भनी सोध्दा स्वास्थ कर्मीले भिडभाडमा आफुले कुन भ्याकसिन लाए थाहा नभएको बताए । उता, वडा सचिव लाई सोध्दा कार्डमा रेकर्ड नभएको खण्डमा बच्चा आफैले खोप कार्ड बनाएको हुन सक्ने अभिव्यत्ती दिएको जोशीले जानकारी दिए । यसअघि उनले बच्चालाई खोप लगाईदिन भन्दा स्वास्थकर्मीले बच्चाको उमेर नपुगेको भनेर फिर्ता पठाएको समेत बताए । यसप्रकारको चरम लापरवाही भएको दुखेसो पोख्दै ,उनले आफ्नो बच्चाको स्वास्थमा केही असर भए कानुनी प्रकृयामा जाने धनगढी खबर लाई बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी