२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । डडेल्धुरामा ६ हजार बढी मतदाता थपिएका छन् । फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत डडेल्धुरामा ९४ हजार ३ सय १४ को नाम दर्ता भएको छ । शुक्रबार जिल्ला सदरमुकाममा छैठौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना रहेको थियो । पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार २ सय ६९ मतदाता संख्या थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।
जिल्लाको अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई, परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए ।
उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार ९ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा ९ हजार आठ जना मतदाता रहेका छन्।
प्रतिनिधिसभातर्क एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फ भने २ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसका लागि मतदामन स्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी