२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । बाजुराको सदरमुकाम मार्तडी बाट कोल्टि सडक खण्ड कालो पत्रेको काम शुरु भएको छ । निर्माण कार्य शुरु भएको २२ बर्षपछि शुदुरपश्चिम प्रदेश सरकारको गौरबको योजनाका रुपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्र प्रक्रिया अगाडि बढेको छ ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सड्क २२ बर्ष पछि कालोपत्रेको काम शुरु भएको निर्माण कम्पनी धुलिखेल गाल्भा श्याम एण्ड शंकर जे.भी.का प्रतिनिधि दिप्रेन्द्र शाहिले वताएका छन् ।
शुदुरपश्चिम प्रदेश सरकार र संघ सरकारले मार्तडी कोल्टि सड्क खण्ड कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरेर काम अगाडि बढाएको छ ।
९ किलोमिटर सडक खण्डमा सडक चौडा देखी वालहरु हाल्ने काम सम्पन्न भएर कालोपत्रे गर्ने तयारीमा पुगेको छ । बिचमा ६ किलोमिटर चुथी देखी ढम्कने सम्मको ठेकेदारले भने अलि सुस्त काम गरिरहेको छ । ढम्कने देखी कोल्टि सम्म तेस्रो पिसमा सडक चौडा बनाउने काम भइरहेको छ । बिचमा कोभिडले काममा बाधा गरेको थियो । अहिले भने तिब्र गतिमा काम भइरहेको छ । ९ किलोमिटर असार मसान्त सम्म कालेपत्रे गरिसक्ने काम भइरहेको धुलिखेल गाल्भा श्याम एण्ड शंकर जे.भी.का प्रतिनिधि दिप्रेन्द्र शाहिले वताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी