२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्तीले चोरी तस्करीमा कमी आएको दावी गरिएको छ । दोधारा–चाँदनी अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती सुरु गरेको हो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजको नेपाल–भारत सिमा स्तम्भ नं.१४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती सुरु गरेका हुन् ।
दोधारा–चाँदनी नगरपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले संचालन गरेको संयुक्त सीमा गस्ती प्रभावकारी बन्दै गएको त्यहाँका स्थानीयले बताएका छन् ।
सीमा क्षेत्रमा चोरी डकैती र अपराधिक क्रियाकलापले प्रसय पाएपछि नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीबीच केही महिना अघि बसेको बैठकलेसंयुक्त सीमा गस्ती गर्ने निर्णय गरेको थियो । गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक कृयाकलापमा कमी आएको स्थानीय अमरबहादुर थापा बताउँछन्। पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करी घटनामा कमी आएको दुबै देशका सुरक्षा अधिकारीहरुको दावी छ ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी हेडक्वाटर नारायण नगरका ईस्पेक्टर आनन्द भण्डारी, झनकैया भारत, कोतवालीका ईन्चार्ज प्रताप सिंह महर, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा–चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी नायब निरीक्षक नबराज खड्का लगायतको संयुक्त गस्तीमा उपस्थिती रहेको प्रहरी चौकी बाबाथानका ईन्चार्ज कृष्ण राज भट्टले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी