२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर : सिमान्तकृत समुदायका एकल महिलालाई ब्यवसाय सम्वन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम शनीबार महेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह (डब्लूएचआर) कञ्चनपुर द्धारा ६ महिना पहिले प्रदान गरिएको उद्यमशिलता तालिममा सहभागि भई ब्यावसायिक योजना बनाई संस्था द्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाको आर्थिक सहयोगमा ब्यवसाय गरीरहेका सिमान्तकृत समुदायका एकल महिलाहरुलाई ब्यवसाय सम्वन्धी एक दिने पुनर्ताजगी अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा व्यवसायको वर्तमान अवस्था, व्यवसाय सञ्चालनमा गरेको सहयोग, ब्यवसायकालागि स्थानीय स्रोतको पहिचान र प्रयोग, बजारीकरणको बिधि र प्रक्रिया, स्थानीय सरकारको सहयोग, उत्पादित बष्तु र सेवाको मूल्य निर्धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु, व्यवसाय लामो समय सम्म सञ्चालन गर्न सकिने आधारहरु र ब्यवसाय गर्दाका चुनौति तथा समाधानका सम्भावित उपायहरुको बारेमा अभिमुखिककरण गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।
अभिमुखिकरण तालिम कार्यक्रममा बाख्रा पालन ब्यवसाय गरीरहेका शुक्लाफाँटा नगर पालिका वडा नं ११ की २० बर्षिया मनिषा पार्की, मुढा निर्माण गरेर आयआर्जनमा सुधार गरीरहेकी वडा नं. ६ की लक्ष्मी सार्की, बेमौषमी तरकारी खेति गरीइरहेकी वडा नं. ७ की सरिता चौधरी, किराना तथा खाजा नास्ता पसल गरेर आर्थिक स्थिति र अवस्थामा उल्लेख्य सुधार ल्याउन सफल बेलडाँडी गाउँ पालिका वडा नं. ५ झिलमिलाकी लक्ष्मी कुमारी खत्री लगायतले ब्यावसाय सुरुगर्दा आफुले गरेको परिश्रम, ब्यावसाय गर्दाका चाुनौति र समाधानकालागि गरिएका प्रयासहरु तथा अहिले आर्थिक स्थिति र अवस्थामा आएको परिवर्तन, अहिले समाजले आफुलाई हेर्ने दृष्ट्रिकोणमा आएको परिवर्तन तथा आफ्नो ब्यवसायिक अनुभव सुनाउनु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहजकर्ता जया बुढाथोकी र सहजीकरण कार्यक्रम संयोजक बिर बहादुर नेपालीले गरेका थिए । कार्यक्रममा शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका सवै वडाबाट संस्थाको सहयोगमा ब्यवसायमा गरीरहेका ३० जना एकल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशी, सचिव रमा पन्त, कोषाध्यक्ष लक्ष्मी चन्द, सदस्य चन्द्रा खडायत लगायत परियोजनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी