२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रघाति एमसिसी सम्झौताका विरुद्ध सयुक्त मोर्चा द्धारा बिरोध प्रर्दशन गरिएको छ । नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ७ दलिय सयुक्त दलको विरोध पर्दशन गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ भएको गरेका छन् ।
राष्ट्रघाति एमसिसी सम्झौताका जवरजस्ती संसदमा टेबुल गरिएको भन्दै काठमाण्डौं लगायत देशभरी चर्को बिरोध प्रदर्शन भईरहेको छ । सत्तारूड गठवन्धन दल र प्रतिपक्ष दल नेकपा ऐमाले पनि एमसिसी पास गराउने खेलमा लागेको भन्दै देशभरी बिरोध प्रदर्शन भईरहेको हो ।
एमसिसी खारेजको माग गर्दै नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ७ दलिय सयुक्त दलले विरोध पर्दशन गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको नेकपा विप्लवका भीमदत्त नगर सेक्रेटरी युवा नेता दिपेन्द्र ऐरीले जानकारी दिए ।
एमसिसी जवरजस्ती रूपमा संसदबाट अनुमोदन गराउने खेल भईरहेकोले राष्ट्रघाती सम्झैता भन्दै समाजिक सञ्जालमा समेत केहिदिन देखि सरकारको चर्को बिरोध भईरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी