२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । बाजुरामा दलित सेल डेस्कको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको हो । जिल्लाका दलित समूदायका पिडितहरुको न्यायमा सहज पहुँच गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले एक अन्तरिक्रया कार्यक्रम गरेर प्रहरी कार्यालय भित्र स्थापना गरिएको दलित सेल (डेस्क) को भुमिका, काम र कर्तव्यका बारेमा बाजुरा जिल्लाका दलितका अगुवाहरुलाई जानकारी गराएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्यालय भित्र दलित सेल (डेस्क) स्थापनापछि यहाँका दलित समुदायका पिडितलाई समन्वय÷सहयोग, अनुसन्धानमा सहजीकरण, दलित माथि हुने हिंसा न्युनिकरण र दलित हकहितको संरक्षण गर्न दलित सेल डेस्कको मुख्य भुमिका रहने प्रहरी प्रमुख ओझाले बताएका छन् ।
त्यस्तै कार्यक्रममा दलित समुदायसंग जोडिएका कानुनहरुको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक नारायणसिंह नेगीले जानकारी गराएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी