२०८१ मंसिर ६, बिहिबार
काठमाण्डौँ । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो ।
राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । कलाकार मरिचना श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए । त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन् । उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्ता लगायतका लोकप्रिय गीत रहेको छ । साथै‚ दर्जनौं नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । ७० वर्षीय दुई छोरा र श्रीमती छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी