२०८१ मंसिर ७, शुक्रबार
काठमाण्डौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले विगतका निर्वाचनमा जस्तै मतदाता परिचयपत्र तयार गरी वितरण गर्ने भएको छ । विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएकाले पुनः बनाउनुपर्ने भनी आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परियपत्र बनाउने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी पाएपछि आयोगले वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन गर्न आएमा मतदाता परिचयपत्र उपलब्ध गराउने प्रयोजनका लागि निःशुल्करुपमा सिफारिस गर्न सबै स्थानीय तहमा परिपत्र गर्ने निणर्य भएको आयोगले जानकारी गराएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी