२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । प्रतिनिधि सभाकी सांसद निरुदेवी पाल र प्रतिनिधि सांसद दिपक प्रसाद भटटलाई एमसिसिलाई लिएर खबरदारी गरिएको छ । उनको गृह जिल्लामा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले व्यानरमा लेखेर एमसिसि पास गरायो भने जिल्लामा नआउन खबरदारी गरेका हुन् ।
एमसिसि को पक्षमा नलाग्न भन्दै चेतावनी सहित अखिल क्रान्तिकारी ले निरू देबी पालको घरमा र दिपक प्रसाद भटटको घरमा ब्यानर लगाएको अखिल (क्रान्तिकारी) का सुदूरपश्मि प्रदेश ईन्चार्ज प्रकाश जप्रेलले जानकारी दिएका छन् ।
देशलाई अमेरिकाको अगाढी घुँडा नटेक्न र लिलामीमा नलाग्न भन्दै सांकेतिक रुपमा चेतावनी दिईएको र आगामी दिनमा एमसिसिको पक्षमा रहेका सबै नेता कार्यकर्ताहरुको घरघरमा व्यानेर टाँगेर खबरदारी गरिने उनले बताए । कार्यक्रम मा अखिल क्रान्तिकारी प्रदेस इन्चार्ज सहित जिल्ला का दर्जन नेताको सहभागी रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी