२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुरमा एमसिसिको विरोधमा बिहिवार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । विभिन्न ६ राजनीतिक दल सहित २ दलिय मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन् ।
बिहीबार दिउँसो नेकपा विप्लव, बैद्य, जनमोर्चा सहितका दल र तिनका मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन् । राष्ट्रघाती एमसीसी खारेजीको माग अघि सारेर महेन्द्रनगर बजारमा बिरोध प्रर्दशनका साथै प्रशासन घेराउ गरिएको थियो ।
राष्ट्रघाती एमसीसी पास गराउनका लागि सत्ताधारी काँग्रेस, प्रमुख प्रतिपक्षीय दल एमाले सहित मरिहत्ते गरिरहेको भन्दै त्यस बिरुद्धमा कञ्चनपुर सहित देशभरी बिरोध प्रर्दशनका भई रहेका छन् ।
एमसीसी राष्ट्रघाती भएकाले त्यस बिरुद्धमा दिनप्रतिदिन जनसागर उत्रिर्दै आएको र राष्ट्रघाती सम्झौतामा विपक्षी दल एमाले सहितको मौन सर्मथनले थप सनसचियता उत्पन्न गरेको बिधार्थी नेताहरुले बताएका छन् ।
कोण सभामा नेकपा विप्लव कञ्चनपुरका सचिव जिपन, जनमोर्चा अध्यक्ष राम कार्की, माओवादी क्रान्तिकारीका सचिव कैलास, ग्रेटर नेपालदका उपाध्यक्ष गजेन्द्र पाण्डेले सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनताका विषयमा आफुहरु चुप लागेर नबस्ने जनाउँदै राष्ट्रियताका लागि एकजुटमा जोडदिएका छन । मोर्चाले आन्दोलनर निरन्तर जारी राख्ने जनाएको छ । बिहिबार बस्ने संसद समेत स्थित भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी