२०८१ मंसिर १४, शुक्रबार
महेन्द्रनगर । शुक्रवार (आज) देखी अत्तरियामा संचालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवलाई बहिष्कार बिभिन्न कलाकार संगठनले बहिष्कार गरेका छन् । देउडा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश, कलाकार मन्चले महोत्सव बहिस्कार गरेको हो ।
प्रतिष्ठानले संयुक्त रुपमा बिहिवार एक बिज्ञप्ती निकाल्दै सुदूरपश्चिमका अग्रज कलाकारका साथै बहुचर्चित कलाकार, नवप्रतिभा कलाकारलाई बेवास्ता गरेर सुदूरपश्चिमको कला, संस्कृती, सभ्यताको धज्जी उढाउनेलाई प्राथमिकता दिनु आपत्तिजनक भएको जनाएको छ ।
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कतिपय सुदूरपश्चिमका कलाकारको फोटो पोस्टरमा नाम लिकालेर सार्वजनिकपछि कलाकारको लिष्टबाट नाम हटाउनु कलाकारको मानमर्दन र हेलाहोचो भएको भन्दै महोत्सव बहिस्कार गर्न बाध्य भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । आगामी दिन सुदूरपश्चिममा हुने महोत्सवमा ६० प्रतिशत सुदूरपश्चिमकै कलाकारलाई सहभागी गर्नु पर्ने माग पनि गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी