२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर:
महाकाली नदीको बहाव नेपाल तर्फ मोड्ने गरि दार्चुला सदरमुकामको पारी पट्टी भारतले बनाइरहेको तटबन्धको काम रोकिएको छ नेपाली कारणले उक्त तटबन्धको काम रोकिएको नभइ भारतीय प्रशासनको अनुमति नहुदाँ काम रोकिएको हो । पिथौरागढ प्रशासनबाट तटबन्ध निर्माणका लागि नदी किनार खन्न अनुमति नपाइएकाले काम रोकिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । भारतले महाकाली नदीको छालबाटै खनेर तटबन्ध बनाइरहेको छ । भारतको सिचाई विभागाबाट कार्यान्वयन भइरहेको तटबन्ध निर्माणका लागि नदी किनारबाट बालुवा र गिट्टी निकाल्न भारतमा प्रशासनको अनुमति चाहिन्छ । सुरुमा दिएको अनुमति सकिदाँ हाल काम रोकिएको हो नदीको बहाव मोडिनेगरि भारतले बनाइरहेको उक्त तटबन्धको नेपालमा विरोध गरिएको छ । एमाले नेता एवं प्रतिनिधि सभा सासंद गणेस सिह ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसैगरि नेकपा विप्लवले तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र दिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी