२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा कञ्चनपुुरमा ४० छात्राहरुलाई साईकल वितरण गरिएको छ । शनिबार भीमदत्त नगरपालकाका ८ वटा सामुदायिक विद्यालयका विपन्न, दलित र जेहेन्दार छात्रालाई साइकल हस्तान्तरण गरिएको हो ।
छात्राहरुलाई विधालय जानको लागि सहज होस तथा ‘दिगो विकासका लागि जलवायु परिवर्तन नियन्त्रण र वातावरणमैत्री शहर बनाउनको लागि साईकल वितरण गरिएको सहयोगी संस्था यूएनडिपीका सुदूरपश्चिम प्रदेश प्रमुख वैजन्ती गिरी सिंहले जानकारी दिईन् ।
साथै छात्राहरुलाई समयमै बिधालयमा पुगेर आफनो अधययन गर्न सकुन भनेर र बिधालय टाढा भएर बिधालय छोडन नपर्ने, तथा बाल बिबाह रोक्ने र उच्च शिक्षामा सहज पहुँच पुय्राउने उदेश्यका साथ साईकल वितरण गरिएको उनले बताईन् ।
भीमदत्त नगरपालिकाका विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भई विद्यालय जान समस्यामा परेका छात्राहरु लाई उनिहरुको पढाई मा सहजता पुर्याउने उद्देश्य का साथै सवारी साधन को बढदो प्रयोग ले वातावरणमा पर्दै गएको नकारात्मक असरलाई कम गरि वातावरण को सरसफाई लाई टेवा पुर्याउने उदेश्यले साईकल वितरण गरिएको भीमदत्त नरगपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
भृकुटी मावीका कक्षा ६ की छात्रा सबिना नेपालीले अब समयमै बिधालय जान पाउँदा खुशी महसुस भएको बताईन् । सधै बिधालय जाँदा समयममा नपुग्ने र पढाई पनि छुटने भएका अब समस्याको समाधान भएकोउनले बताईन ्।
निड्स नेपाल, युएनडीपी, ग्रीन वे, एनसेल, एनएमबी बैंक, काठमाडौं साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल, आईएमई पे लगायका संघ सस्थाहरुको साझेदारीमा साइकल वितरण कार्यक्रम गरिएको हो ।
फारवेष्र्टन राईडर्स क्लबका संस्थापक अध्यक्ष भरत बिक्रम शाहले साईकलले वातावरण तथा मानविय स्वास्थ्यलाई पनि फाईदा पुग्ने भएकाले किशोरीलाई गरिएको साईकल वितरण कार्यक्रमले उनिहरुको अध्ययनमा सहजता ल्याउनुका साथै स्वास्थ्य र वातारणका लागि पनि महत्वपुर्ण भएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी