२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं । ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन् । ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ नल्लुस्थित काइली स्याङ्बोको घरभित्र सुतेको अवस्थामा चारजना र दुईदिनको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।
मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्बो, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङ्बो, नाती ९ वर्षीय आशिष स्याङ्बो र नातिनी ५ वर्षीय आस्मा स्याङ्बो छन् ।
त्यस्तै २३ वर्षीय छोरा सुभाष स्याङ्बो घाइते छन् । नवजात दुई दिनको शिशुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु सुतेको कोठामा आगो बालेको कोइला फेला परेको प्रहरीले जानकारी दिएको छ । निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी