२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर: सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा बृहत यौनिकता शिक्षा विकास बारेमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
सोमबार बृहत यौनिकता शिक्षा बारेमा जानकारी नभएको हुँदा यसलाई सबैको पहुँचमा पुगोस् र यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य बारेमा युवाहरु मा जानकारी होस् भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।
कार्यशाला गोष्टिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला बाट १५ देखि ३० वर्षका युवा वर्ग, अपाङ्गता भएको व्यक्ति र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकार सम्बन्धित कार्यरत संघसंस्थाका प्रतिनिधिहरु को उपस्थितिमा निलहिरा समाज र राईट हियर राईट नाउ ( एस आर एच आर) युवा र बिबिसी संस्थाले महेन्द्रनगरमा बृहत छलफलका साथै सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा युवाहरु लाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य बारेमाव राईट हियर राईट नाउ ( एस आर एच आर) परियोजना युवा संस्थाको तर्फबाट प्रोग्राम अफिसर बिपना श्रेष्ठ र निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले कार्यक्रम बारेमा प्रस्तुतीकरण दिनु भएको थियो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय (एलजिबिटीक्यू) समुदायले र युवा वर्ग अपाङ्गता भएका महिलाले लगायत व्यक्तिले खेप्नुपरेको समस्या समाधान बारेमा के कस्ता खालका रहेका छन् , अबका दिनमा यसबारे चुनौती र सुझाव लाई संकलन गरि त्यसको समाधानका साथै आगामी दिनमा थप यस्ता किसिमका कार्यशाला गोष्ठी र कार्यक्रमको आयोजनाको आयोजना समेत गरिनु पर्ने निलहिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकाल बताउनु भयो। उनले भनिन् ‘ यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारको पहिचानको लागि जनसमुदाय सम्म जनचेतना जोगाउनका मिडियाले पनि ठुलो भुमिका खेलेको र आगामी दिनमा पनि सम्पुर्ण संघसंस्थाको तर्फबाट यस्तै सहयोग रहि रहोस् निर्देशक ढकालले बताइन् ।
१५-३० वर्षका युवालाई विशेष लक्षित गर्दै उक्त कञ्चनपुरमा यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी