२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा रहेको नागरिक समाजमा पछिल्लो समय निष्क्रिय हुँदै गईरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मंगलवार संजिवनी नेपाल कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नागरिक समाज गठन मात्रै गरेर नहुने नागरिकको समस्यामा पनि आवाज उठाउनु पर्ने सहभागिहरुले बताएका छन् ।
जिल्लामा रहेका सक्रिय नागरिक समाज, नागरिक अगुवा, संस्था, पत्रकारहरुको सहभागितामा गरिएको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको छलफलमा नागरिक समाजमा बिभिन्न राजनिती निकट व्यक्तीहरुको प्रबेश भएकाले समस्या उठान गरिदिने तर समाधान र हक अधिकारको लागि बोल्नुपर्ने समयमा पार्टीगत बाँडफाँडमा जाने र सहयोग नगरि दिने अवस्था देखिएको सहभागीहरुले बताएका छन् ।
स्विट नेपालका अध्यक्ष र गैसस महासंघका सचिव अमिर तिरुवाले विगत केही वर्ष यता आएर नागरिक समाजले आफनो गती कम गरेको अथवा काममा सक्रियता कम देखाएको बताए । नागरिक समाज भित्रका व्यक्तिहरु बिभिन्न राजनितिक निकट भएर पनि आफनो जिम्मेवारीबाट पछि हटने समस्या मुद्धाहरुको बारेमा फोकस नहुँदा समाजिक क्षेत्रमा रहेका बिभिन्न मुद्धाले सम्पादन नपाउने गरेसमस्या देखिने उनले बताए ।
अहिले भएका कमीकमजोरीलाई अब आउने नयाँसदस्य तथा जनप्रतिनिधीहरुले सुधार्ने,नयाँ विकास सोच बिचार भएको आउने पर्ने र सबैले समन्वय सहकार्य गरेर कार्य गर्नु पर्ने बताए ।
जिल्ला समन्वय समितीका उपसंयोजक शानुमाया बुढथापा महराले जिल्लामा रहेको ४ देखी ५ जनाको बिचमा मात्रै नागरिक समाज घुमेको बताईन् । समस्यामा पर्दा नागरिक समाज भित्र पनि राजनितिक प्रभाव पर्ने र न्यायमा पनि असर पर्ने उनले बताईन् ।
अनुगमनको पाटोमा कार्य गर्दापनि त्यहाँका स्थानिय तथा नागरिक समाजहरु सक्रिय नभएको आफुले पाएको बताईन् । सबै विकासका काम जनप्रतिनिधी अथवा सरकारले मात्रै गर्ने गर्छ हाम्रो कुनै भुमिका हुँदैन भन्ने मानसिकता स्थानियहरुमा रहेको र जाप्रतिनिधीहरुले पनिसबै संग सहकार्य समन्वय नगरेर काम गरिदिँदा समस्या हुने गरेको उनले बताईन् ।
हामी हाम सर्वसाधारणहरुले भोट दिएर मात्रै दायित्व पुरा नहुुने भएकाले सम्पुर्ण विकासको काममा पनि जनप्रतिनीधी र जनता बिचमा सहकार्य समन्वय हुनुपर्ने जिकिर गरिन् ।
संजिवनी नेपालका कार्यक्रम निर्देशक नितु भटट भण्डारीले यदी नागरिक समाज निष्क्रीय भयो भन, सरकारले गर्ने गरेका कार्यहरु गुणस्तरीय नहुने र आम सर्वसाधारणको पनि आफनो न्यायको लागि पहुँच नपुग्ने बताईन् ।
सबैले एक ढिक्का भएर निर्णय गर्ने र सबैको सहज पहुँच गर्न नागरिकको आवस्यक्ता सहभागितामा नागरिक समाज बलियो भएर जानु पर्ने उनले बताईन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी