२०८१ मंसिर १४, शुक्रबार
कञ्चनपुर:
अखिल क्रान्तिकारी विद्यार्थीका नेता भीम भट्ट सम्मानित भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भट्टलाई कञ्चनपुरको भृकुटी माध्यामिक विद्यालयले सम्मान गरेको हो ।
विद्यालयले भट्टलाई विद्यालय व्यवस्थापन समितिको सदस्य र अध्यक्षको जिम्मेबारीमा हुँदा विद्यालयको बृद्धि विकासमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको छ ।
मंगलबार विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस ०७८ का अवसरमा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले पुर्व अध्यक्ष भट्टलाई दोसल्लाका साथै प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
विद्यार्थी नेता भट्ट उक्त विद्यालयलमा ०७२ देखि ०७३ सम्म सदस्य र ०७३ देखि ०७६ सम्म अध्यक्षको जिम्मेबारीमा थिए । क्रान्तिकारी नेता भट्ट भृकुटी विद्यालयको सदस्यदेखि अध्यक्षसम्मको जिम्मेबारीमा हुँदा विद्यालयका प्राविधिक शिक्षा, व्यवसायीक भवन निर्माण, विद्यालयको भौतिक एव शैक्षिक प्रगतिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको विद्यालयले जनाएको छ ।
क्रान्तिकारी नेता भट्टले उक्त विद्यालयमा प्राविधिक शिक्षा धारतर्फ तीन बर्षे डिप्लोमा ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग, १८ महिने प्रि डिप्लोमा ईलेक्ट्रिकल तर्फका कार्यक्रम संचालन, विद्यालयका भवन निर्माण, शैक्षिक स्तर बृद्धिका साथै विद्यालयको स्थायी आम्दानीका लागि खेर गएको जमिन उपभोग गराएका थिए ।
विद्यालयको आन्तरिक तथा बाह्य विकासमा अतुलनिय भूमिका निर्वाह गरेका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टप्रति विद्यालयले आभार प्रकट गरेको छ । क्रान्तिकारी नेता एव भुकुटी माध्यामिक विद्यालयका पुर्व अध्यक्ष भीम भट्टले आफुले गरेको कामको विद्यालयबाट सम्मान भएको बताए । उनले आफुले पाएको जिम्मेबारी अनुरुप सामुदायिक विद्यालयको बृद्धि विकासका लागि काम गरेको भन्दै आगामी दिनमा थप शैक्षिक क्षेत्रको जिम्मेबारी पाए सामुदायिक विद्यालय, क्याम्पस सहितका शैक्षिक संघ संस्था सुधार एव बृद्धि विकास गर्ने प्रतिबद्धता जोहर गरेका छन । उच्च शिक्षा अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा होमिएका भट्टले विद्यालयको जिम्मेबारीसमेत कुसलतापुर्वक निर्वाह गरेका शैक्षिक क्षेत्रका जानकारको विश्लेषण छ । सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि क्रान्तिकारी नेता भट्टको अनुसरण गर्नुपर्ने अभिभावकको सुझाव छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी