२०८१ मंसिर १४, शुक्रबार
कञ्चनपुर:
कञ्चनपुरको भृकुटी माध्यामिक विद्यालयले ५० औँ बर्ष शैक्षिक यात्रा पुरा गरेर स्वर्णजयन्ती मनाएको छ । मंगलबार एक कार्यक्रमका विच विद्यालयले स्वर्णजयन्ती तथा अभिभावक दिवस मनाएको हो ।
भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले स्वर्णजयन्तीको भृकुटीको सालिकमा अनावरण गर्दै सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर विष्टले सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि नगरबाट शैक्षिक योजना लागु हुने बताए ।
कार्यक्रमका बिशिष्ठ अथिति भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, नगर शिक्षा प्रमुख हरिदत्त जोशी, पुर्व शिक्षा अधिकारी देवीदत्त भट्ट, भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले भृकुटी विद्यालयको शैक्षिक स्तर बृद्धिका जोडदिदै आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रण गरेका छन । स्वर्णजयन्ती , महोत्सव तथा अभिभावक दिवसमा विद्यालयका प्राध्यानाध्यापक केशर सिह महराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिका लागि रणनीति योजना अघि सारेको घोषणा गरेका छन । प्राविधिक धारतर्फका कक्षा संचालन गरेको विद्यालयले थप शैक्षिक स्तरबृद्धि गर्ने प्रअ महराले बताए ।
विद्यालयको भौतिक पूर्वाधारसगै शैक्षिक गुणस्तर बृद्धि गरिनेमा जोडदिईएको छ ।
अभिभावकको भूमिका प्रभावकारी बनाईने, विद्यालयका गतिबिधी प्रविधिमैत्री बनाउने, मेघाहल निर्माण, ई पुस्तकालय, छात्राबास निर्माण, शिक्षकलाई थप तालिम दिनुपर्ने जस्ता विषय प्रस्तुत गरिएका छन । विद्यालयको बृद्धि विकासका लागि समुदाय, स्थानीय, प्रदेश र संघीय सरकार सहितका सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोडदिईएको छ ।
प्रअ महराले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयमा नियमित विद्यार्थी उपस्थिति नहुनु, प्रर्याप्त शिक्षण समाग्री अभाव, शिक्षणसिकाई सुचनामैत्री बनाउन नसक्नु जस्ता चुनौती राखेका थिए ।
कार्यक्रममा विद्यालयको बृद्धि विकासका लागि योगदान पु¥याए बाफत विद्यालयका पुर्व अध्यक्ष भीमराज भट्ट, शिक्षक स्व.मञ्जु ठगुराठी, पुर्व अध्यक्ष स्व. दिर्घराज भट्ट सहित व्यवसायी दानसिह ठकुराठी, लक्ष्मीदत्त पाण्डेय, व्यवसायी संघ संस्था, सहयोगीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा समाजसेवी अर्जुन देव जोशी, बम व रेग्मी, घनश्याम पाठक, खकेन्द्र कार्की, हजारी सिह पुजारा, केशव व चन्द, गगा दत्त जोशी, नरेश जोशी, छत्र व देउपा, करन वोहरा, कपिल देव जोशी हरिहर परियार, हरिष पन्त सहित लक्ष्मी बैक, नेपाल रेडक्रस सोसाइटी, निडस नेपाल, एनएनएसडब्लुए, देव शक्ति सहकारी संस्था लि, रितिका बुक्स एण्ड जनरल स्टोर, सरस्वती पुस्तक, चौलानी पुस्तक पसल, जगन्नाथ पुस्तक पसल सहितलाई समन गरेको हो ।
उत्कृष्ठ विद्यार्थी, अनुशासित विद्यार्थी, विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल कुमार भट्टको अध्यक्षतामा संचालन भएको कार्यक्रममा शिक्षक चक्र्र ब. महराले स्वागत मन्तव्य राख्नुभएको थियो, अर्का शिक्षक बिरेन्द्र राज भट्टले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, अभिभावक, शिक्षक, बुद्धिजिवी, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी