२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । बडिमालिका नगरपालिकाले चार बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा चार बर्ष देखि फोहोर फालिरहेको छ ।
फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नु पर्ने ऐनमा उल्लेख रहेको छ । तर नगरपालिकाले भने मानवलाई प्रत्यक्ष असर पार्ने गरि सडकको छेउ किनारामा डम्पीङ साइड बनाइरहेको स्थानिय अम्मर बहादुर दानीले वताएका छन् ।
डम्पीङ साइड ठाँउमा तल बाहुली नदि रहेको छ । माथि मुलक सडक रहेको छ । मार्तडी बाट फोहोर बोकेर टिफरले सडक बाट तल फाल्ने गरेको छ । पलाष्टिक जन्य पदार्थ पनि त्यहाँ फालेर बाल्ने गरेका छन् । पलाष्टिको धुवाँले क्यान्सर बनाउने सबै भन्दा खतरा हुने चिकित्सक बताउँछन् । अस्पताल बाजुराका प्रमुख प्रकाश राज जोशीले भने सडकको छेउमै खुला ठाँउमा फोहोर फाल्नु र जलाउनुले स्वास्थ्यमा गम्भिर असर हुने वताए । पलाष्टिकको धुवा समेत उडिरहेको छ, यसले वाताबरणमा निकै असर पार्ने जोशीले वताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी