२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा बिभिन्न पार्टी परित्याग गरी राष्टिय प्रजातन्त्र पार्टीमा आउनेको लर्काे नै चलेको छ । पछिल्लो समय कञ्चनपुरमा दैनिक १ सय देखी २ सयको हाराहारीमा बिभिन्न पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्नेको जमात बढदै गईरहेको पाईएको हो । वडा नम्वर १० मा पनि सयौ युवा तथा स्थानिय क्रियाशिल सदस्यहरुले काँग्रेस परित्याग गर्दै राप्रपामा प्रवेश गरेका छन्। काँग्रेस भित्रका अन्य सदस्यहरुले पनि सामाजिक संजालमा आफनो पार्टी परित्याग गर्दै राप्रपामा जाने लर्काै लागे पछि ससंकित हुदै आफनो स्टाटस लेख्न थालेका छन कि अब काँग्रेसलाई कस्ले बचाउने भनेर,
भारतको पंजावमा दिल्लीमा राज गरिरहेको आम आदमी पार्टी (आप) पन्जाबको विधानसभा चुनावमा ऐतिहासिक जित नजिक छ । र, त्यहाँको मुख्यमन्त्री बन्दैछन्, भगवन्त मन । त्यसैगरी महेन्द्रनगरमा पनि राप्रपाले काँग्रेस लगायत अन्य पार्टीहरुको पत्तासाफ गर्ने नगर अध्यक्ष करन पालले बताए ।
पछिल्लो समय देश निर्माण गर्ने भनेकै राप्रपा हो अन्य पार्टिले गरेका कामको आम जनताले फल पाई सके अब सबै सचेत भई सके, उनले भने, अबको सरकार भनेको जनताको हुनुपर्ने र जस्मा राप्रपाले मात्रै जनताको साथ दिने र जनताले राप्रपाको साथ दिने निश्चित भई सकेको उनले बताए ।
राप्रपाले राजा सहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री , हिन्दु राज्य नेपाल,भ्रष्टाचार मुक्त राष्ट्र सहितको आफनो एजे०डाहरु जनता माझ लोपप्रिय रहको सन्दर्भमा सबै आम जनताको हक अधिकार विकासमा टेवा पुय्राउने एक मात्र पार्टी राप्रपा रहेको उनले जिकिर गरे |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी