२०८१ मंसिर १३, बिहिबार
क्ञ्चनपुर:
विद्यालयका फुटबल खेल्ने क्रममा घाईते भएका भीमदत्त नगरका एक विद्यार्थीको उपचारका लागि अखिल क्रान्तिकारीले अपिल गरेको छ । आर्थिक अभाव भएका घाईते विद्यार्थी अनिस दमाईका उपचारका लागि अखिल क्रान्तिकारी कञ्चनपुरले सहयोगका लागि अपिल गरेको छ । बिहीबार विद्यालयमा फुटबल खेल्ने क्रममा भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर स्थित बैजनाथ मावि कक्षा १०मा अध्ययनरत छात्र दमाईको खुट्टामा चोट लागेको छ । दमाईको खुट्टाको एक औला टुटेको छ । टुहुवा मात्रै नभई दलित समुदायका छात्रा दमाईको उपचारमा आर्थिक अभाव भएकाले क्रान्तिकारीका जिल्ला सचिव भट्टले निःशुल्क उपचारका लागि माग अघि सारेका छन । उनले विद्यालय, अस्पताल सहितका दलित अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था अगुवाहरुलाई आर्थिक रुपमा विपन्न दमाईको उपचारका लागि अपिल गरेका छन । ‘अनिस एक विपन्न समुदायको मात्र नभई टुहुरा बालक पनि हुन, ‘उनले भने, ‘मुलुकमा तीन सरकार छन, त्यतितै हामी विद्यार्थीको हकहितमा काम गर्ने विद्यार्थी संगठन छौँ, त्यसमा पनि दलित समुदायको क्षेत्रमा काम गर्ने थुप्रै संस्था छन, यस्ता विपन्नको उपचारमा हामी सबैले मिलेर उनको भविष्य सुधारनुपर्छ ।’ क्रान्तिकारीले दमाईको निःशुल्क उपचारका लागि अस्पतालसंग माग समेत गरेको छ । दमाईको आर्थिक, समाजिक पारिवारिक परिवेस अनुसार सरकारी निकायबाट समेत सहयोग गर्नुपर्ने क्रान्तिकारी नेता भट्टले बताए । घाईते दमाईका बाबुको गत माघमा निधन भएको थियो, त्यस अघि आमा गुमाएका दमाई टुहुरा बालक हुन । उनी विद्यालयमै खेल्ने क्रममा घाईते भएकाले विद्यालयका तर्फबाट समेत केही सहयोग गर्नुपर्नेमा जोडदिईएको छ । घाईते दमाईको महाकाली अस्पतालमा उपचार भईरहेको छ । गत महिना बाबु गुमाएको शोकमा रहेका घाईते दमाई आर्थिक अभावका कारण उपचारमा झन चिन्तित बनेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी