२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
भारतले कब्जा गर्न खोजेको कञ्चनपुरको प्यारातालमा नेपाली झण्डासहितको डुङ्गा सञ्चालनमा आएको छ । पुनर्वास नगरपालिका स्थित प्यारातालमा नेपाली झण्डासहितको डुङ्गा सञ्चालनमा आएको हो । झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको सुन्दर प्यारातालमा नेपाली युवाहरुले डुङ्गा सञ्चालन गरेका हुन् । बुधबार उनीहरुले तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फहराउदै सञ्चालनमा ल्याएका थिए। पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास ९ का बब्लु बस्नेतले सो डुङ्गा सञ्चालनमा ल्याएका हुन् । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको उनीहरुले बताएका छन् । पर्यटकहरुलाई हाल डुङ्गा चढ्न निशुल्क गरिएको छ । ‘कुनै नाफा हेरेर डुङ्गा सञ्चालनमा ल्याएका हैनौ,’ उनले भने, ‘तालको संरक्षण र पर्यटक भित्र्याउने मुख्य उद्देश्यले सञ्चालनमा ल्याएका छौ । पर्यटकहरूलाई हाल डुङ्गा चढ्न कुनै मूल्य तोकिएको छैन् ।’ पुनर्वास नगरपालिका–९ बिचफाँटा स्थित उक्त प्राकृतिक ताल पटक–पटक भारतीय पक्षले ताल आफ्नो भन्दै विवाद गर्दै आएको छ । यस पटक वडा कार्यालयमार्फत स्वरोजगार कार्यक्रम अन्तर्गत तालमा रहेको जलकुम्भी र अन्य फोहोर सरसफाइ गर्दै नगरपालिकाले पनि थप विकास गर्न योजना समेत बनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी