२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
कैलालीमा गत सोमवार भारतिय नागरिकको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कैलालीले २ जनालाई सार्वजनिक गरेको छ । अटो भाडाको बिषयमा बिवाद हुँदा धनगढीमा भारतिय नागरिकको हत्या भएको खुलेको हो । फागुन २३ गते धनगढी उप महानगरपालिका ५ केराबारी स्थित सडक किनारको नालीमा शव भारतिय नागरिक कुल्दीप गुप्ताको शव भेटिएको थियो ।
गुप्ताको हत्या अटो भाडाको बिषयमा बिवाद भएपछि भएको प्रहरीले जनाएको छ । भारतको उत्तरप्रदेश साहजापुुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले बाजुरा खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरेको हो । उनीहरुले भाडाको विषयमा विवाद हुँदा गुप्ताको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भाडाको विषयमा विवाद हुँदा हत्या गरेको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिश्व अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले सीसीटिभीमा रेकर्ड भएका भिडियोहरु हेर्छ । भिडिओमा २२ गते गुप्ता कारागार सडकको पश्चिमतर्फ गएको देखिन्छ । प्रहरीले आज बिहान ८ बजे प्रहरीले गुप्ता चढेको अटो पहिचान गरी अटो चालकलाई नियन्त्रणमा लिएपछि चालक र उनका साथीले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक अधिकारीको भनाई छ । अटो भाडाको बिवादपछि हत्या गरिएका गुप्ताले नेपाली भन्दै होच्याएर बोलेपछि लाठीले हिर्काएको अभियुक्तहरुले बयान दिएका छन् । मार्ने उद्देश्य भन्दापनि सामान्य विबादमै घटना घटेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी