२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
नेपालकै उत्कृष्ट नगरपालिकामा मुल्यांकन गरिएको भीमदत्त नगरपालिका निकै पुराना नगरपालिकाहरु मध्येको एक नगरपालिका हो । भिमदत्त नगरपालिकामा पर्ने महेन्द्रनगर बजार नेपालकै नमुना बजार अन्तर्गत समेत पर्दछ र यस्ता कतिपय पर्यटकीय आकर्षण हरु यस नगरपालिकामा पर्दछन । एसियाको दोस्रो लामो झोलुङ्गे पुल, झिलमिला ताल, धार्मिक स्थल सिद्धबाबा मन्दिर लगायत क्षेत्र तथा स्थान आकर्षणका केन्द्र हरु पनि भीमदत्तनगरपालिका मै पर्दछन् भने क्षेत्रमा शिक्षा समय धेरै राम्रो रहेको पाइन्छ सुदूरपश्चिम विश्वविद्यालय यसको उदाहरण समेत हो । इतिहासमै अंकित सम्पदा र नयाँ उदाइरहेका शक्ति सम्पदाहरु लाई भीमदत्त नगरपालिकाले भने संरक्षण तथा संवर्धन गरेको पाइँदैन ।
बजार क्षेत्र मै अनावश्यक खाल्डाहरु जसले गर्दा दिनहु जसो दुर्घटना निम्त्याउने भए पनि नगरपालिका बेखबर झै देखिन्छ । खानेपानीको मर्मतका लागी पक्की रोडलाई नगरपालिका भित्रै कति स्थानहरुमा फोडेको देख्न पाइन्छ तर फोडिसकेपछी त्यसलाइ राम्रो सङ्ग ग्राइबिल पनि नगरिएको पाइन्छ । बजार क्षेत्रमा सरकारी जग्गामा बनिरहेका अनावश्यक भवनहरु रातो रात बन्दा समेत भीमदत्तनगरपालिका टुलुटुलु हेर्नु बाहेक केही गरेको भने देखिँदैन । बजार क्षेत्रमा बढदै गइरहेको ट्राफिक नियन्त्रण तथा पार्किङ्गको व्यवस्थामा समेत चुनौती रहेको पाइन्छ ।
हरेक गल्ली को पछाडी गाडी पार्किङ्गको लागी ठाउहरु छ तर त्यसलाई सरसफाइ गराइ नियमन रुपले गल्लीको रोडमा कसैले पार्किङ्ग गर्न नपाउने र पछाडि पार्किङ गर्नुपर्ने कसले बनाउने यसमा पनि नगरपालिकाको ध्यान जान जरुरी छ । भिमदत्त नगरपालिका भित्र यस्ता कतिपय समस्या छन जो विगत जस्तै अहिले पनि छन । सरकारी बाटोमा जानी जानी घर निर्माण गर्दा समेत वडा कार्यालयमा निवेदन दिदा समेत वडा कार्यालयले रोक्दैन ।
यस्तै कारण होलान नि सरकारी जग्गा बेचेका उदाहरणहरु बेला बेलामा सुन्न तथा बेच्न पाइने । कञ्चनपुरको सदरमुकाम रहेको महेन्द्रनगर बजार अर्को वडाको रुपमा रहेको वडा नम्बर १८ मा अझै मानिसहरु काठे पुल प्रयोग गरिरहेका छन् । दिनहुँ विद्यालय जाने बिद्यार्थीहरु लगायत स्थानियहरु पुलबाट लडन सक्ने डर लागिरहेपनी नजिकै काठकै पुल भएको हुदा ओहोर दोहोर गरिने बताउछन ।
गाउँ गाउँ कुना काप्चामा समेत पक्की पुल बनिसक्दा समेत बजार देखि ५०० मिटर दुरीमा रहेको ठाउँमा समस्या हुदा समेत नगरपालिकाको ध्यान जानू पर्थ्यो वा पर्थेन । तीनवटा काटे पुलबाट आवतजावत गर्ने त्यस ठाउँमा अरु हेर्दा सुविधासम्पन्न ठाउँमा बसोबास गरिरहेका जस्तो देखिन्छ आगन बाट हेर्दा सुदूरपश्चिम विश्वविद्यालय देखिन्छ तर वर्षायाममा खोलामा पानीको सतह बढ्दा काठको पुल मा खोला तर्न को डरले भित्र नै बसी रहनु पर्ने बाध्यता रहेको छ स्थानियका अनुसार नगरपालिका वडा नम्बर १८ को एकता टोल मा बसोबास गर्ने ४०/५० घर परिवारहरुलाई बाटो, खानेपानी र पुलको समस्या रहेको छ।
तर उनीहरुले बेलाबेला गुहार गर्दा समेत कहीँकतैबाट समस्याको समाधान नभएको तर हरेक पटक निर्वाचन मा नेता आउदा भने अब तुरुन्त बाटो, खानेपानी र पक्की पुल समेत बन्ने आश्वासन पाइने गरेको बताउँछन् । विभिन्न सूचकहरु लाई हेर्दा भीमदत्तनगरपालिका देशभरमै सर्वोत्कृष्ट नम्बरमा आउने तर सदरमुकाम नजिकै विकासको यो नतिजा देख्दा जनताले के बुझ्ने ? बजारक्षेत्रको बाटो , ढल तथा सरकारी जग्गामा नियमविपरित बनिरहेका घरहरु, छाडा चौपायाले गर्दा बाटो भरिको अवस्था लगायतका समस्याहरूमा भीमदत्तनगरपालिका असफल भएकै हो त ? चुनावी नाराको विकास शब्द अन्य बेलामा काँ गएर बस्दछ ? अबको चुनावी नारा मा पनि फेरि तिनै बाचा लिएर अगाडि जाने कि ? फेरि कार्यकाल बढाउनु हुन्छ वा कुनै दल नेतृत्वबाट काम र विकास पनि हेर्न पाउने दिन नगरवासीहरुले पाउनेछन । सामाजिक संजाल बाट आ-आफ्नो र एजेण्डा लगभग शुरु हुन लागिसकेका छन अब केही दिनमै तपाई हाम्रो दैलोमा हामीले बाचा सहितका नेताहरु भोट माग्दै आउदा देख्ने नै छौ , अब भोट दिदा पहिले नै लिखित रुपमा औठा छाप लगाएर लिनुस यदि मैले आफुले गरेका बाचाहरु पूरा गर्न सकेन भन्ने मेरो निजी सम्पत्ति यस क्षेत्रका जनताको नाममा स्वत: हुनेछ । वकिल बोलाएर भए पनि लेखाउनुस , किनकी भोट माग्दा जे पनि हुन्छ भन्ने मान्छे कुर्सीमा गएपछी तपाईं जस्ता लाखौ सङ्ग बाचा गरेको हुदा बिर्सन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी