२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर । कञ्चनपुरका ५ सहित सुदूरपश्चिमका १२ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ ।
आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि बिहीबार सूचना जारी गरेको हो ।
सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न अनुरोध गरिएको छ । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ । कञ्चनपुर, कैलाली, डडेलधुरा र बैतडी गरी ४१ जिल्लाका १५९ स्थानीय तहमा दरखास्त आह्वान भएको हो ।
आयोगको सूचना अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाँडी गाउँपालिका, भीमदत्त नगरपालिका, कैलालीको मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका, टिकापुर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिकामा दरखास्त आह्वान भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ को दफा ३ को अनुसूची–१ बमोजिमको कार्य सहमतिपत्रमा हस्ताक्षर गरी कार्य प्रारम्भ गर्न चाहने स्थानीय तहहरूलाई सोही सम्पर्क गर्न पनि अनुरोध गरेको छ । यसअघि पनि आयोगले आयोगले १८ माघदेखि २८ जिल्लाका विभिन्न स्थानीय तहमा सुकुम्बासीको लगत संकलन गरेको थियो । तीमध्ये कतिपय लाभग्राहीले लालपूर्जा समेत पाउन थालिसकेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी