२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । पछिल्लो समय दार्चुलामा असर पर्ने गरी भारतलले एकतर्फी रुपमा निर्माण गर्न लागेको तटबन्धको विषयमा छलफल भएको छ । भारतले महाकाली नदीमा बनाइरहेको तटबन्धका विषयमा विवाद सृजना भएपछि दार्चुला सदरमुकाम खलंगामा छलफल गरिएको हो ।
शनिवार भारतका धारचुला बचाऔँ अभियानका अध्यक्ष विरेन्द्र सिंह नवियाल, ठेकेदार नारायण सिंह विष्ट, निर्माणमा संलग्न ईन्जिनियर एवं स्थानीयहरुको टोलीले महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टसँग निर्माणका क्रममा उत्पन्न समस्याका विषयमा छलफल गरेका हुन् ।
भारतको सिचाइ विभागले महाकाली नगरपालिका—४ बंगाबगड पारीपट्टि महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तटबन्धको काम नेपाल–भारत जोड्ने झोलुंगे पुल क्षेत्रभन्दा माथि दुई प्याकेजमा भइरहेको उनीहरुले बताएका छन् ।
एउटा प्याकेजमा आरसीसी पुल र एउटा प्याकेजमा ब्लकसहितको मेसिनरी वालको तटबन्ध बनिरहेको हो । आफूहरुले बनाइरहेको तटबन्ध पुरानो तटबन्धमै जोड्ने हिसाबले बनाउने समेत उनीहरुले जानकारी गराए । छलफलमा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले तटबन्ध निर्माणका विषयमा दुवैदेशका प्रशासन, सिचाई विभाग र महाकाली नदी नियन्त्रण आयोजनाका बीचमा संयुक्त बैठक राखी अगाडी बढ्नुपर्ने सुझाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी