२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । डडेल्धुराको आलिताल गाउँपालिकामा आफनो जग्गाको लालपुर्जा पाउने भएपछि स्थानिय हर्षित भएका छन् । दुई हप्ता भित्रै लालपुर्जा दिने गरी राष्ट्रिय भूमी आयोगले जग्गाको नापी गर्न थाले पछी स्थानिय खुसी भएका हुन् ।
आलिताल गाउँपालिका–४ बाट जग्गाको नापी शुरु भई लालपुर्जा दिने तयारी थालिएको छ । २०५४ सालमा नापी भई फिल्ड बुक कायम भएकाहरुलाई दुई साता भित्रै लालपुर्जा दिने तयारी गरिएको राष्ट्रिय भूमी आयोग डडेल्धुरा अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।
आठ वटा वडा रहेको आलितालमा वडा नं. ४ बाट काम शुरु गरिएको वडा अध्यक्ष चन्द्रदेव बोहराले बताए । हिजोका दिनमा फिल्ड बुक कायम भईसकेका जग्गाको घटबढ वा बिक्रि भएको छ छैन भनी नापी गर्न लागिएको छ । उनले धने, अव्यवस्थित बसोवासको अवस्था कस्तो छ भनेर पनि नापी भईरहेको छ । वडा नं. ४ मा दुई सय ४९ परिवार अव्यवस्थित बसोवास गरिरहेका छन । पाँच जना भूमीहिन दलित र पाँच जना सुकुम्बासी रहेको उनले बताए । लाल पुर्जा पाउने भए पछी स्थानिय खुसी भएको उनको भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी