२०८१ मंसिर ९, आईतबार
कंचनपुर:
स्थानिय निर्वाचनको लागी चुनावी चहल पहल शुरु भए सङ्गै गाउँ-गाउँ टोल टोलमा कुन पार्टीलाई छान्ने भन्ने लहर शुरु भएको छ । कंचनपुर जिल्लाको भिमदत्त नगर पालिकाको वडा-वडा , टोल-टोलमा समेत राजनितिक गफगाफ शुरु भइसकेका छन तर जनताले यो पाली राजनितिको ईतिहास र दलहरुको बर्जस्व नहेरी देशको हितमा काम गर्ने पार्टीलाई आफुहरुले छान्ने निर्णय लिइरहेका छन ।
अहिले गाउँ शहर सबै ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम अग्र पङतिमा सुन्न समेत पाइन्छ , विगत केही महिनामै रा.प्र.पा. ले कंचनपुरमा गरेको विभिन्न कार्यक्रमहरुमा पार्टी प्रवेश गर्नेहरु उलेख्य संख्यामा देखिएका छन । नेपाल सरकार बाट विरोधको बिचमा पास भएको MCC मा समेत रा.प्र.पा. को विरोध रहेको थियो भने नयाँ अध्यक्ष पाए सङ्गै पार्टीले नयाँ नयाँ उचाई छुदै गएको पाइएको देख्न सकिन्छ।
नेपाल बहुसंख्यक हिन्दु धर्मावलम्बीको देश हुदा हुँदै पनि पछिल्लो समयमा धर्म निरपेक्ष राष्ट्रको रुपमा रहेको छ जुन आफ्नो पहिचान विपरित भएको राष्ट्रिय प्रजातान्त्र पार्टीले बारम्बार दोहर्याउदै आइरहेको छ । त्यसका साथै नेपाल सरकारले विभिन्न ठाउँमा दिने आरक्षणमा समेत जातीयता नहेरी गरिबीको आधारमा गर्नु पर्ने धारणा समेत युवाहरुको लागी चासोको विषय बन्दै आइरहेको छ ।
पछिल्लो समय राष्ट्रिय प्रजातान्त्र पार्टीले कंचनपुरमा लगातार रुपमा आफ्ना केन्द्रिय नेताहरु सहित कार्यक्रमलाई समेत तिब्रता दिइएको पाइन्छ । हिन्दुहरुको महान पर्व शिवरात्री मेलाको दिन भिमदत्त न पा ०४ , महेन्द्रनगरको महेन्द्र शालिक अगाडी बृहत् आमसभाको आयोजना गरेको थियो जुन कार्यक्रममा रा.प्र.पा. केन्द्रिय अध्यक्ष समेत भष्ट्राचार विरोधी अभियानका अगुवा तथा पार्टीका केन्द्र्य प्रवत्ता ज्ञानेन्द्र शाही लगायतको उपस्थिती थियो भने पुनः केही दिनमै प्रवत्ता ज्ञानेन्द्र शाही लगायतको टीम भिमदत्त न पा कै वडा १० जिमुवामा त्यसैदिन भिमदत्त न पा कै १३ नम्बर वडा साझा चौराहमा कार्यक्रम गरेको थियो ।
चैत्र महिनाको ०९ गते समेत दोधारा-चादनी नगरपालिकामा समेत रा.प्र.पा. ले आमसभाको आयोजना गर्ने जनाएको छ । उक्त कार्यक्रममा समेत पुनः अध्यक्ष , प्रवत्ता लगायतकै सहभागीता हुने जनाएको छ । बारम्बार कंचनपुर मै राजनितिक कार्यक्रमहरु बढी हुनु, पार्टीका शिर्ष नेताहरु कार्यक्रममा उपस्थिती हुनु जस्ता घटनाहरुले राष्ट्रिय प्रजातान्त्र पार्टी कंचनपुरमा आफ्नो स्थान खोजिरहेकै हो कि भन्ने समेत आकलन गर्न सकिन्छ ।
स्थानिय निर्वाचन नजिकिदै गर्दा पुराना निर्वाचनमा हारेकै नेताहरु पुनः निर्वाचनमा देखिने हुन वा नयाँ अनुहार चुनावी मैदानमा देख्न पाइने हो भन्ने चासो महेन्द्रनगरका जनतामा देखिन थालेको समेत पाइन्छ । राम्रा एजेण्डाको साथ-साथै युवा केन्द्रिय राजनितिमा राष्ट्रिय प्रजातान्त्र पार्टी लाग्ला त ?
यस्ता कतिपय प्रश्नहरुको जवाफ गाउँ, चोकहरुमा राजनितिक चासो राख्ने जनताहरुमा भेटिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी