२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । भारतले महाकाली नदीको वहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा दुइ देशका अधिकारीहरुबिच छलफल भएको छ । सोमवार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्लाका डिएम आशिष चौहानबिच भारतको धारचुलामा भेटवार्ता भएको हो ।
पिथौरागढका डिएम चौहन धारचुला आएको बेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भेटेर सीमा नदी महाकालीको भारततर्फ खोतिला क्षेत्रमा निर्माण भइरहेको तटबन्धका विषयमा कुराकानी भएको बताईएको छ ।
तटबन्ध निर्माणको विषयमा केहि दिन देखि उत्पन्न विवाद समाधान र आ–आफ्नै क्षेत्रमा तटबन्ध निर्माण गर्ने कुरामा भारतीय पक्षले सकारात्मक जवाफ दिएको बताइएको छ । दुई देशका प्राविधिकहरुको टोली छलफलमा बसेर क्षती नहुने ढंगले तटबन्ध निर्माण कसरी गर्ने भन्ने विषयमा मैखिक सहमति भएको र अनौपचारिक रुपमा छलफल गरिएको बताइएको छ ।
शनिवार पनि भारतका धारचुला बचाऔँ अभियानका अध्यक्ष विरेन्द्र सिंह नवियाल, ठेकेदार नारायण सिंह विष्ट, निर्माणमा संलग्न ईन्जिनियर एवं स्थानीयहरुको टोलीले महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टसँग निर्माणका क्रममा उत्पन्न समस्याका विषयमा छलफल गरेका थिए । भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर स्थानीय स्तरमा तनाव उत्पन्न हुँदा समेत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी