२०८१ माघ १५, मंगलबार
महेन्द्रगर । जिल्ला प्रहरी कार्यालय बझाङले निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरु प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ । लाइसेन्स प्राप्त हतियारहरू व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय बझाङबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय