२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरमा सुर्तिजन्य पदार्थ नियन्त्रण बारे छलफल गरिएको छ । आइतबार राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रले महेन्द्रनगरमा सुर्तिजन्य पदार्थ नियन्त्रण बारे छलफल गरिएको हो । कार्यक्रममा बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक डा. भक्त बहादुर केसीले ०६८ सालमा सुर्तिजन्य पदार्थ सेवन नियन्त्रण ऐन आईसकेपछि सरकारी तथा सार्वजनिक स्थलमा ७० प्रतिशत सुधार भएको बताए ।
उनका अनुसार अझै ३० प्रतिशत बाँकी रहेको छ । सुर्तिजन्य पदार्थका कारण मुटु, क्यान्सर लगायतका ठुल ठुला रोगहरुले बर्षनी नेपालमा समेत लाखौँ मानिसको मुत्यु भएकाले नियन्त्रण आवश्यक रहेको बताए । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले नगरमा सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि १०बुँदे प्रतिबद्धता घोषणा गरिएको बताए । कार्यक्रममा कञ्चनपुरका संचारकर्मीले मानिसको स्वास्थ्यका लागि सुर्तिजन्य पदार्थ हानिकारक भएकाले नियन्त्रणका लागि आ–आफ्नो संचार क्षेत्रबाट सक्दो पहल गर्ने बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी