२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।
हिजो मात्रै पत्रकार खेम भण्डारीले नगरपालिकाले नगरपालिकाभित्र बनेका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा १ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दिएका थिए ।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले आफुहरुले नगरपालिका बाट कागजात नियन्त्रणमा लिएको र यसबारे सत्य तथ्य बुझी छानबिन गरिसकेपश्चात प्रकृया अगाडि बढाउने बताउनु भएको छ ।
पत्रकार खेम भण्डारीले १०वटा पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबी गरी उजुरी दिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी