२०८१ मंसिर १३, बिहिबार
कंचनपुर:
भोलि मिति २०७८ चैत्र ९ गते बिहान ११ बजे दोधरा-चाँदनी नगरपालिका वडा नं २ साविकको चाँदनी गाविसको खेलमैदान मा राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल आमसभा हुने भयको छ । आमसभालाई राप्रपा का केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङ्ग्देन , प्रवक्ता ज्ञानेन्द्र शाही , केन्द्रीय सदस्य रेखा थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको भि.न.पा अध्यक्ष करन पालले बताए । पाल ले भने हरेक दिन राप्रपाले काँग्रेस लगायत अन्य पार्टीहरु बाट राप्रपा प्रबेश हुनेको देश भरिनै लर्को चलिरहेको र पछिल्लो समय देश निर्माण गर्ने भनेकै राप्रपा हो अन्य पार्टिले गरेका कामको आम जनताले फल पाई सके अब सबै सचेत भई सके, उनले भने, अबको सरकार भनेको जनताको हुनुपर्ने र जस्मा राप्रपाले मात्रै जनताको साथ दिने र जनताले राप्रपाको साथ दिने निश्चित भई सकेको उनले बताए । राप्रपाले जनता माझ लोपप्रिय रहेको सन्दर्भमा सबै आम जनताको हक अधिकार विकासमा टेवा पुय्राउने एक मात्र पार्टी राप्रपा रहेको उनले जिकिर गरे |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी