२०८१ मंसिर ९, आईतबार
कंचनपुर: दोधारा चादनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल आमसभाको आयोजना गरिएको छ ।
आमसभामा देशकै राजनितिक केन्द्र विन्दुको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन , पार्टीका केन्द्रिय प्रवक्ता तथा भष्ट्राचार विरोधी ज्ञानेन्द्र शाही लगायत रा प्र पा को टीमको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष लिङदेनले देशमा राजनितिक नेताहरुले देशलाई वेरोजगार उत्पादन गर्ने थलो बनाएको र गाउँ गाउँमा सिंहदरबार आएको होइन खुलेआम भष्ट्राचार आएको उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफुहरुलाइ निकटै आउदै गरेको निर्वाचनमा आफुहरुलाइ भोट दिई भष्ट्राचार विरोधी नेपाल सिर्जना गर्न सहयोग गर्नुस भनेर भनेका थिए ।
गणतन्त्रमा लुटतन्त्र मच्चाउनेहरु बाट सावधान भएर आगामी निर्वाचन जनता अगाडि बढन दोधारा चादनी लगायत देश भरिका जनतालाई आग्रह गरेका थिए ।
छाडा चौपाया व्यवस्थापन लगायत कक्षा १२ सम्म को शिक्षा निशुल्क गराउने , प्रत्येक पालिकामा निशुल्क स्वास्थ्य तथा सहुलियत दरमा औषधीहरु उपलब्ध गराउने , कम्प्युटर शिक्षा अनिवार्य लागू गराउने , प्रत्येक पालिकामा शीपमुलक तालिम केन्द्र को स्थापना लागू गराउने जस्ता बाचाहरु गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले भोट दिनु भनेको छोरी दिनु भन्दा बढी सोचेर दिनु पर्ने उल्लेख गर्दै भोटको महत्व समेत जनताहरु माझ राखेका थिए । आजको कार्यक्रम बाट विभिन्न दलका गरि करिब ५०० जना पार्टी प्रवेश समेत गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको उक्त आमसभामा सबै सम्बोधन गर्ने नेताहरु माओवादी , एमाले र काङ्ग्रेस प्रती जनताहरु जान नहुने भन्दै तिनै पार्टीहरुले बिदेशीको चक्रव्युहमा देश र जनतालाई फसाइरहेको समेत बताएका छन । आफू जन्मले किरात धर्मावलम्बी भए पनि देश हिन्दु राष्ट्र हुनुपर्छ भन्दै नेपाल विश्वमै हिन्दु राष्ट्र ले चिनिनु भनेको देशको एउटा छुट्टै पहिचान समेत रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा सहितको कार्यकारी प्रधानमन्त्री र प्रदेश बिनाको स्थानिय सरकारको पक्षमा आफुलाइ जनता माझ ल्याएको छ । भष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई केन्द्रिय प्रवक्तामा स्थान दिदै आफुलाइ भष्ट्राचार विरोधी स्थानमा उभ्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको हरेक कुनामा आफ्नो अलग्गै जनलहर समेत बनाउन सफल देखिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी