२०८१ मंसिर १३, बिहिबार
नेकपा माओवादी केन्द्र कञ्चनपुरको भीमदत्त नगरपालिका खैरभट्टी टोलको भेला सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १८ खैरभट्टी टोलको भेला सम्पन्न भएको हो । टेला भेलामा माओवादीका नेताहरुले सिङ्गो मुलुक माओवादी एजेण्डामा चल्दा सिहदरबारको अधिकार गाँउबाटै प्रवाह भईरहेको बताएका छन ।
कार्यक्रममा अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले माओवादीकै एजेण्डामा मुलुक संचालन भईरहेको भन्दै केही गणतन्त्र बिरोधी समुहले जनतालाई दिएको अधिकार सहन नसक्दा गणतन्त्रको बिरोधमा उत्रिरहेको बताए । ‘फेरी माओवादी पुर्नगठन आन्दोलन शुरुवात भएको छ, ‘उनले भने, ‘जनता माओवादीको एजेण्डामा छन, तर प्रतिकृयावादी समुहले माओवादीको उपलब्धी आफ्नो भएको कुप्रचार गरिरहेका छन ।’ नेकपा माओवादी केन्द्र भीमदत्त नगरका इन्चार्ज कृष्णदत्त जोशीले माओवादी नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा विकास हुँदा फरक पार्टीले आफुले गरेको प्रचारबाजी गरिरहेको बताए । माओवादी नेतृ कौशिल्या ओझाले माओवादी संघर्षकै कारण महिलाले थुप्रै राजनितिक अधिकार प्राप्त गरेको बताईन् ।
नेकपा माओवादी प्रदेका सदस्य देवेन्द्र ढुङ्गगानाले माओवादीले गरेको संघर्षकै कारण आज सबै उत्पिडित समुदायको हित भईरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री मान बहादुर सुनारले माओवादी नेतृत्वको प्रदेश सरकारले थुप्रै विकास निमाणको काम अघि बढाएको बताए । मन्त्री सुनारले काँग्रेस, एमाले सरकारले जनतालाई गरेको विभेदलाई माओवादीले सच्याउने बताए । ‘समाजिक सुरक्षा भत्ता अब सबै समुदायको एकै उमेर बनाउनुपर्छ, ‘उनले भने, ‘दलितलाई ६०मा दिने र गैर दलितलाई ७०मा दिने निर्णय सच्याउनुपर्छ । सबैलाई समान गरेर ५५ मा पु¥याउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्री कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले टोल भेला कार्यक्रममा एमाले, काँग्रेस, राप्रपा सहित परित्याग माओवादी केन्द्रमा प्रवेस गरेको बताए । माओवादी प्रवेस गर्नेहरुले माओवादीले संघर्ष गरेर ल्याएको व्यवस्थामा अन्य पार्टीले आफुले ल्याएको भन्दै फुर्ति लगाउने र कुप्रचार गर्ने काम बिरुद्धमा माओवादी केन्द्रमा प्रवेस गरेको बताएका छन । माओवादी नेता विष्टका अनुसार चन्द्र लुहारको अध्यक्षमा टोल कमिटि विस्तार भएको छ । उक्त टोल कमिटिले माओवादीलाई भावि चुनावमा जिताउने प्रतिबद्धता जाहेर गरेका छन । नेकपा माओवादी केन्द्र भीमदत्त नगर १८का वडाध्यक्ष गंगादत्त जोशीको अध्यक्षमा भएको कार्यक्रमको संचालन पार्टी सचिव बिरेन्द्र साउदले संचालन गरेको कार्यक्रममा माओवादीका वडादेखि प्रदेशका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी