२०८१ मंसिर ९, आईतबार
चादनी:
आज भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल आम-सभामा दोधारा-चादनी बासीहरुको उल्लेख्य भुमिका रहेको पाइएको छ । हजारौंको संख्यामा जनताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा पुगेका थिए । केन्द्रीय राजनितिका साथै कंचनपुर जिल्लामा समेत युवा नेतृत्व पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीमा अन्य पार्टीहरु परित्याग गरी आउनेको समेत उल्लेख्य संख्या रहेको पाइएको उक्त कार्यक्रममा कंचनपुर जिल्लाकै युवाहरुको ढुकढुकी बन्न सफल राष्ट्रिय प्रजातन्त्र पार्टीका कंचनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दको भाषण सुन्दा उपस्थित सम्पुर्ण जनतामा फरक किसिमको जोश आएको समेत देखिएको थियो ।
सामाजिक कार्यमा समेत सधै अग्र पङतिमा रहने अध्यक्ष चन्दले जिल्लामा रहेको छाडा चौपायाहरुको निमित्त समेत गौशाला निर्माण गरि ठूलो योगदान गरेको पाइन्छ , वर्तमान समयमा गाई पाल्न नमान्ने तर आफुलाइ हिन्दु धर्मालम्बी मान्नेहरु विभिन्न दैविक तथा पैतृक कार्य गर्नु परेमा समेत ब्रह्मदेव स्थित गौशालामा पुग्ने गर्दछन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले आज पनि हिन्दु धर्ममा माता भनेर गाई सडकमा वेवारिसे र गैर जिम्मेवार तरिकाले छोडेको र काग हिडदै गरेको गाईको आँखा समेत झिक्दा सम्म हामी देखावटी हिन्दुवादी हुँदै बस्छौ तर तिहार लगायत अन्य पर्वहरुमा हामी गाई खोज्दै जान्छौ भन्ने तर्क राखे । छाडा चौपायाको व्यवस्थापनको लागी स्थानिय तहहरुमा विभिन्न किसिमका पहलहरु गरिएका भएतापनी हाल सम्म नियन्त्रण गर्न भने सकिएको देखिदैन , जसले गर्दा दिनहुँ जसो सडक दुर्घटना समेत बढिरहेका समेत पाइन्छन ।
सम्बोधनकै क्रममा जनता माझ प्रश्न समेत छाडेका छन , हामी आफुलाइ हिन्दु धर्मालम्बी भन्ने र देशलाई धर्म निरपेक्षताको हातमा दिने ? हामी कुन दिशामा गइरहेका छौ , के आज हिन्दु धर्म यत्ती कमजोर भइसकेको अवस्था आइसकेको हो । जसले ८० प्रतिशत जनता हिन्दु हुदा समेत हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने विचार नै नआउने , केही धर्म संस्कृति नमान्ने मानिसहरु बिचमा पुरै हिन्दुवादी हराउन मिल्छ वा मिल्दैन ।
अध्यक्ष चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी भष्ट्राचारलाई शून्य पारी देशमा शु शासन गर्न चाहिरहेको हुदा म यो पार्टी म त्यो पार्टी भन्न छोडी सबैले राष्ट्रवादी सोछ बनाऔ र यसपाली पार्टी होइन देश बनाउ र स्थानिय निर्वाचनमा एक पटक रा.प्र.पा. लाई रोजौ भनेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी