२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
उत्तरी चुरेबाट बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ ।
निर्वाचन क्षेत्र १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरको विशेष पहलमा बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रमा तटबन्ध निर्माण गरिदै छ ।
बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले एक कार्यक्रमका विच तटबन्ध निर्माण कार्यको शिलान्यास गरेका छन ।
बेलौरीका मेयर चौधरीले पुर्व खानेपानीमन्त्री मगरको पहलमा बजेट हालेर तटबन्ध निर्माण गरिन लागेको बताए । दोदा नन्दी बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्दै आएको छ ।
दोदाले बेलौरीको भकुण्डा क्षेत्रमा कटानी गर्दै आएको छ । तटबन्ध निर्माण भएसंगै बेलौरी नगरपालिका क्षेत्र विपद्को जोखिमबाट बाँच्ने स्थानीयले बताएका छन । स्थानीयले क्षेत्रकी संसद मगर र मेयर चौधरीलाई तटबन्धको योजना ल्याएको भन्दै आभार प्रकट गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी