२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
प्रगति एकता समाजले बेलडाँडीका एक विपन्न किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिमा रहेको प्रगति एकता समाजले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
बिहीबार प्रगति एकता समाजले किरियापुत्री ऐरी परिवारलाई नगद आर्थिक सहयोग गरेको हो । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले झर्नाखोला पीडित एव आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारलाई किरियाखर्च बाफत आर्थिक सहयोग गरेको बताए ।
उनका अनुसार नगद पाँच हजार १ सय रुपैया आर्थिक सहयोग गरिएको छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य एव उक्त प्रगति एकता समाजका सल्लाहकार शंकर भट्टले उक्त रकम किरियापुत्री कर्ण बहादुर ऐरीलाई हस्तान्तरण गरेका छन ।
बेलडाँडीका जनप्रतिनिधी समेत रहेका भट्टले आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित किरियापुत्री परिवारलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रगति एकत समाजका सचिव बिरेन्द्र खडायतले गाँउमा आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारमाथि परेको बज्रपात कम गर्न र संकटका बेला सक्दो सहयोग गरेको बताए ।
उपचारकै लागि दैनिक गुजारा चलाउने जमिन बिक्रि गर्दा समेत न छोरा बाँच्यो, न जमिन रह्यो भन्दै झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमा संन्नटा छाएको छ । कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्रको गत फागुन २९ मा निधन भएको थियो । महासंकटमा काँग्र्रेस, एमाले, माओवादीका नेता कार्यकर्ता एव क्षेत्रकै संसद बिना मगर समेतले पीडित परिवार भेटेपनि नजिकको स्थानीय सरकारले ऐरी परिवारतिर ध्यान नदिएको स्थानीयको भनाई छ । उक्त क्षेत्रका प्रदेश ससद एव समाजवादीका नेता कुलबिर चौधरी सहित जनताको सुखदुखको स्थानीय सरकारले आफ्ना नागरिकका पीडा नबुझेको कतिपयले अथ्र्याएका छन । परिवारमा ब्रजपात भएका बेला प्रत्यक्ष अप्रत्यक्ष भौतिक, आर्थिक नैतिक साथ सर्मथन दिने सहयोगीप्रति शोकाकुल परिवारले आभार प्रकट गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी