२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ:
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह ‘पूर्णविक्रम शाह’ लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी