२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा रहेको सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तासंग सल्लाह नगरिकनै एक्लौटी रुपमा बृद्धि गरेको महसुल घटाउन माग अघि सारेका छन ।
उपभोक्ताहरुले जनताको टाढ सेक्ने गरी विद्युत महसुल यूनिटमा चर्को रकम निर्धारण गरेको भन्दै असन्तुष्ट पोखेका छन । स्थानीय उपभोक्ताहरुले सिद्धनाथ खानेपानी बैजनाथ खानेपानी उपभोक्ता समितिले उपभोक्ताको ढाडसेक्ने गरी एकलौटी रुपमा पानीको महसुल बृद्धि गरेको भन्दै फिर्ता लिन माग अघि सारेका छन । स्थानीय खेमराज जोशीले उपभोक्ता समितिले एकलौटी रुपमा मृल्य बुद्धि गरेर जनतको ढाडसेक्ने काम गरेको बृद्धि गरिएको मुल्य फिर्ताका लागि समितिमा निवेदन दिएको बताए ।
‘हामी उपभोक्तासंग सल्लाह नै नगरेर एकलौटी रुपमा महसुल निर्धारण गरिएको छ, ‘यो उपभोक्ताको हितमा छैन ।’ एकलौटी रुपमा निर्धारण गरेको मुल्य बृद्धि बारे नेपाली काँग्रेसले समेत बिरोध गरेको छ । काँग्रेस भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले हस्ताक्षर गरेको विज्ञप्तीमा उपभोक्ताको हित विपरितका काम गर्न नहुने चेतावनी दिएको छ । सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष करबिर सिह ऐरीले समितिले मनोमानी निर्धारण नगरेको बताए । अहिले अप्रेसनको दौरानमा भएकाले साधारण सभाबाट परिमार्जित गर्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी