२०८१ मंसिर १०, सोमबार
नेपाक कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले काठमाडौमा आयोजित एक कार्यक्रममा पत्रकार खेम भण्डारीव्दारा लिखित “हावामहलका कुशल कारिगर” पुस्तिकाको विमोचन गरेका छन् ।
अध्यक्ष नेपालले पुस्तिकाले केपी ओलीको वास्तविक चरित्र खुलाएको बताए । उनले दुई तिहाईको सरकार चलाउन नसक्ने ओलीले हावामा महल बनाएर भित्रभित्रै तानाशाह हुन खोजेको तथ्यलाई पुस्तिकाले सप्रमाण प्रस्तुत गरेको बताए ।
लेखक भण्डारीको पुस्तिका १३ खण्डमा बिभाजित छ । २०७४ कार्तिकदेखि २०७८ भदौ ९ सम्मको घटनाक्रममा आधारित पुस्तिकामा नेकपा पार्टी गठनका पछाडी ओली नियतको विश्लेषण गरिएको छ । तानाशाह बन्न ओलीले कस्ता तानाबाना बुनेका थिए भन्नेमा पनि पुस्तिकाले प्रकाश पारेको छ ।
लेखक भण्डारीका अनुसार माधव नेपाल समूहले बिद्रोह नगरेको भए मुलुक अधिनायकको हातमा पर्ने तथ्यलाई पुस्तिकामा प्रमाणसहित व्याख्या गरिएको छ । उनले पुस्तिका पढेर तथ्यको खण्डन गर्न असहमतहरुलाई चुनौती पनि दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी