२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
आर्दश महिला समाज नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिकामा सामुदायिक सुरक्षा जालोको उप समिति गठन गरेको छ । आइतबार आर्दश महिला समाज नेपालले भीमदत्त नगरपालिकामा सामुदायिक सुरक्षा जालोको उप समिति गठन गरेको हो ।
भीमदत्त नगरकी महिला अगुवा मञ्जु केसीको अध्यक्षतामा सामुदायिक सुरक्षा जालो उप समिति गठन गरिएको छ । उपाध्यक्ष राधिका भाट, सचिव शुशिला शाही, कोषाध्यक्ष हेमा भट्ट, सदस्य शान्ति कलौनी, स्वस्तीका चौधरी, फुलु चौधरी, भागरथी भण्डारी शालु जैरु रहेका छन । आर्दश महिला समाज नेपालले कञ्चनपुरका माया नेगीले टेवा संस्थासंगको आर्थिक सहयोगमा सामुदाय भित्र महिलाको चौतर्फि बृद्धि विकासका साथै सुरक्षित बनाउने उदेश्य रहेको बताए । ‘हाम्रो समाजमा अझैपनि महिलामाथि विभिन्न विभेद तथा हिन्सा कायमै छन, ‘उनले भनिन, ‘सामुायिक सुरक्षा जालो मार्फत महिलामाथि हुने सबैखाले विभेद हिन्सा अन्त्य गछौँ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी