२०८१ मंसिर १३, बिहिबार
दोधारा:
दोधारा चाँदनीमा जारी नगर स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ स्थित लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा जारी नगर स्तरिय फुटवल प्रतियोगिता आज सम्पन्न भएको हो । सामाजसेवीले भिम कुमालले उद्धघाटन गरेका नगर स्तरिय फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका १० टिम सहभागिता रहेको थिए ।
कमलाशा स्पोर्टस क्लवको आयोजना र दोधारा चाँदनी नगरपालिका वडा नं. ७ वडा कार्यालय तथा सामाजसेवी तथा नेता भिम कुमालको आर्थिक सहयोगमा संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगिताको आजको अन्तिम खेलमा जेनिशा स्पोर्ट क्लव बिजय भएको छ् । जेनिशा स्पोर्टस क्लव र जनचेतना स्पोर्टस क्लव भएको प्रतिष्प्रधात्मक खेलमा जनचेतना स्पोर्ट क्लवलाई शुन्यको बिरुद्ध ७ गोल गरेर जेनिशा स्पोटस क्लव बिजय भएको कमलाशा स्पोर्टस क्लवका सदस्य महेश घिमिरेले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने जेनिशा स्पोर्ट क्लवलाई रु. ३० हजार र द्धितिय हुने जनचेतना स्पोर्टस क्लवलाई रु. २० हजार धनरासी सहित ट्रफी, मेडल तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कमलशा स्पोर्टस क्लव दोधारा चाँदनीका अध्यक्ष पवन रावतको सभापतित्वमा संचालन भएको संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगिताको समापन सत्रका प्रमुख अतिथी सामाजसेवी भिम कुमाल रहेका थिए भने, स्थानिय तथा भक्त बहादुर सुनार, धन बहादुर दमाई, महेश घिमिरे, महेश मल्होत्रा तथा खेलाडी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । ८ दिन सम्म संचालनमा रहेको नगर स्तरिय फुटवल प्रतियोगितामा खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरेको आयोजक संस्था कमलशा स्पोर्टस क्लव दोधारा चाँदनीका अध्यक्ष पवन रावतले बताएका छन् । ‘राष्ट्रको लागी खेल, स्वास्थ्यको लागी खेल’ मुल नाराका साथ ८ दिन सम्म संचालन भएको प्रतियोगिताको स्थानिय दर्शकको उल्लेखनिय सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजारमा बिगत लामो समय देखि समय समयमा संचालन हुदै आएको फुटवल प्रतियोगितामा जनमानसको राम्रो उपस्थिती हेर्न पाईन्छ् । कार्यक्रममा आफ्नो बिचार राख्दै सामाजसेवी भिम कुमालले खेलाडीहरु अनुशासित भई खेल प्रतियोगिता सभ्य र भब्य सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए । स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको उनले बताएका छन् । नगर क्षेत्रलाई खेलको माध्यबाट संसारै भरी चिनाउ सरकारको महत्वपुर्ण भुमिका रहने हुदा स्थानिय सरकार युवा खेलाडी प्रति गम्भिर हुन समेत सामाजसेवी भिम कुमालले आग्रह गरेका छन् । ‘दोधारा चाँदनी नगरपालिकालाई देश तथा बिदेशमा थप चिनाउन खेलको महत्वपुर्ण योगदान रहने हुदा नेपाल स्थानिय सरकार खेल प्रति गम्भिर हुन आवश्यक छ्’ सामाजसेवी भिम कुमालले भने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी