२०८१ मंसिर ९, आईतबार
नेकपा एमालेले ‘घर घरमा एमाले जनमनमा एमाले’ अभियान अन्तर्गत स्थानीय तह निर्वाचन केन्द्रित घर दैलो सुरु गरेको छ । आगामी ३० वैशाखमा हुने गईरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले दोधारा चाँदनी नगरपालिकामा साताब्यापी ‘घर घरमा एमाले जनमनमा एमाले’ अभियान थालेको हो ।
अभियानकै क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्टमा नेकपा एमालले सम्पर्क कार्यालय स्थापना गरेको छ् । सम्पर्क कार्यालयको उद्धघाटन नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देबि पालले बिधिवतरुपमा गरेका छन् । कार्यक्रममा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य तथा भिमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्ट, नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष हरसिंह धनाडी, जिल्ला कमिटि सदस्य राजिव खड्का, गगन खत्री, किशोर कुमार लिम्बु लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । यस्तै स्थानिय निर्वाचनलाई लक्षित गर्दै आजै दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको नगर स्तरिय बिस्तारित बैठक सम्पन्न गरेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले जानकारी दिएका छन् । बिस्तारित बैठकमा नगरकमिटि पदाधिकारी, वडा तथा टोल कमिटिको नेता तथा कार्यकर्ताको उपस्थित रहेको बताईएको छ् । आजबाट सुरु गरिएको भनिएको साताब्यापी ‘घर घरमा एमाले जनमनमा एमाले’ अभियानलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरु अभियानमा होमिने नेता तथा कार्यकर्तालाई निर्देशन दिईएको छ् । अभियानको क्रममा नेकपा एमालले गाँउ घरमा आफ्नो अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउनेछ् । नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलमा टोल कमिटि गठन संग उनिहरुलाई प्रशिक्षण, वडा वडामा पार्टी सम्पर्क कार्यालय स्थापना सहित अहिले आएर ‘घर घरमा एमाले जनमनमा एमाले’ नारा सहित घर दैलो गरि राजनितिक प्रशिक्षणमा एमाले ब्यस्त देखिएका छ् । गएको स्थानिय निर्वाचनमा नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकामा उपमेयर सहित ४ वटा वडा अध्यक्ष र २० जना वडा सदस्य पदमा बिजय हासिल गरेको थिए । यस पटक बिगतका दिनहरुमा भन्दा फरक खाले चुनावी रणनिती लिएर आफ्ना सबै उम्मेदवारलाई जिताउन एमाले ठुलो कसरत सुरु गरेको छ् । अभियान अन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ् । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काका अनुसार स्थानीय निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ् । वडा र टोल तह सम्म पार्टी भित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा जनधारणा समेत बुझ्ने काम अभियानले गर्नेछ् । अभियानका लागि एमालेले दोधारा चाँदनीमा पार्टीका प्रतिनिधी खटाएर घर घरमा पुग्न निर्देशन दिएको बताईएको छ् । अभियान पश्चात एमालेले थप चुनावी रणनीति तयार गर्ने एमाले दोधारा चाँदनी नगरकमिटिले जानकारी दिएका छ् । ‘अहिले अभियानको उद्देश्य भनेको स्थानीय स्तरमा हाम्रो अवस्था बुझ्नु हो,’ एक एमाले नेताले भने, ‘अभियानपछि पार्टीको बैठक बसेर थप चुनावी रणनीति तयार गर्छौं ।’ नेकपा एमाले दोधारा चाँदनीले सबै नेता तथा कार्यकर्ता निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी