२०८१ मंसिर ९, आईतबार
नेपाल सरकारले स्थानिय निर्वाचन घोषणा गरे सङ्गै देशभरी चुनावी तरङ्ग छाएको छ । जनताले आफ्नो स्थान विशेषका लागी आउदो ५ वर्षका लागी आफ्नो प्रतिनिधि छान्ने समय र विगतमा कतिपय ठाउँमा जनता आफैले चुनेका जनप्रतिनिधिहरु बाट समय समयमा तिरिस्कृत सम्म भएका कतिपय भोगाइहरु जनता माझ रहेका छन ।
अबको निर्वाचनमा भने जनता माझ कतिपय त्यस्ता विकल्पहरु जनप्रतिनिधिको रुपमा रहने पक्का पक्की भएको छ । जनताले पार्टी होइन व्यक्ती हरेर निर्वाचनमा मत दिने लगभग पक्का भइसकेको अवस्था रहेको छ । देशमा भइरहेको राजनितिक घटनाक्रममा राजनितिलाइ मन पराउने राजनिक पार्टी सङ्ग आवद्ध जनता मात्रै देखिएका छन त्यसमा पनि कतिपय राजनिती आवद्ध व्यत्तीहरु पार्टी भन्दा आफ्नो नेता राम्रो छान्ने दाउमा समेत देखिन्छन ।
देशको विभिन्न कुनामा राजनितिक पार्टी सङ्ग कुनै किसिमको सरोकार नराख्ने व्यत्तीहरु देश तथा स्थान विषेशको विकाशका लागी जनता माझ आउदै छन । अर्थात स्वतन्त्र रुपमा चुनाव लडदै छन ।
कंचनपुरको भिमदत्त नगरबासीले समेत यस्तै उम्मेदवार पाउने पक्का भएको छ । भिमदत्त नगर पालिका देशकै पुरानो नगरपालिका हुदा हुँदै पनि नगर व्यवस्था भने कागजमा मात्रै देखिएको बेला आफुले उम्मेदवारी घोषणा गरेको बताउछन । भिमदत्त नगरपालिकाका स्वतन्त्र उम्मेदवार इन्जिनियर कोमल बहादुर सिंह ।
उम्मेदवार सिंहले आज एक कार्यक्रमका बिच आफ्नो उम्मेदवारी किन भन्ने भनाइ समेत राखेका छन ।
सिंहको घोषणापत्रमा उनले आफू नगर प्रमुखमा किन आउनु पर्ने भनाइमा यस्ता कामहरुको लागी भनी भनेका छन ।
भीमदत्त नगरपालिकाको (मेयर) पदको लागि मेरो प्रतिबद्धता
१. नगरपालिकाको कार्यालयलाई कार्यकारी, अनुशासित तथा कुनै काम गर्दा खेरी पारदर्शी तथा सभ्य बनाउने ।
२. भीमदत्त नगरपालिकालाई देशकै प्रथम Digital City बनाउने ।
३. भीमदत्त नगरपालिकाभित्र छाडा गाई, गोरुहरुले किसान र सडकमा गुड्ने परिवहनलाई निकै दुःख दिने हुनाले यसको समाधानको उचित व्यवस्था गर्नलाई पहल गर्ने ।
४. ढल निकास, सरसफाईमा अत्यधिक निगरानी गरी जनमानसमा सरसफाईको बारेमा जनचेतना
५. अभियान चलाउने र सरसफाईमा लापरवाही गर्नेलाई उचित दण्ड सजायको व्यवस्था गर्ने । सरकारी विद्यालयमा गुणस्तरिय शिक्षाको सुधार गर्ने ।
६. पर्यटक स्थलको पहिचाहन गरी देशव्यापी रुपमा प्रचार प्रसार गर्ने ।
७. साना तथा घरेलु उद्योग साथै कृषि क्षेत्रमा युवाहरुलाई सिपमुलुक तालिम दिई बेरोजगारीको न्यूनीकरण गर्ने ।
८. स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिई यही भएको अस्पताललाई थप विशेषज्ञडाक्टर सहित आधुनिकीकरण गर्ने ।
९. सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गर्ने ।
१० लागू पदार्थ सेवन गर्ने र बेच्ने गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्ने र साथ साथै त्यसको असर बारेमा सम्बन्धित जनमानसमा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने एवं दुर्व्यसनमुक्त नगर बनाउने ।
११. कुनै पनि नगर भित्र भएका सरकारी कार्यालय तथा अर्धसरकारी संघ संस्थाहरुमा भ्रष्टाचार,
अनियमियता, ढिलासुस्ती, नगरबासीलाई हैरानी दिने तथा घुस लिने दिने भेटिएमा नगरपालिकाले
कठोर भन्दा कठोर कानुनको व्यवस्था गरेर दण्ड सजायको व्यवस्था गर्ने छ । यसको लागि नगरपालिकाले कार्यालय भित्र Help Desk को स्थापना गर्नेछ जसमा नगरबासीले आ-आफ्ना समस्याहरु प्रत्यक्ष उजुरी गर्न पाउने छन् र यसमा सबैले उचित न्याय पाउने छन् ।
१२. नगरपालिका भित्र वर्षों बर्षसम्म ठेक्का लिई समयमै काम पूरा नगरेर जनतालाई हैरानी दिने ठेकेदारहरुको छानबिन गरी कार्वाहीको दायरामा लिई काम सम्पन्न गराउने तथा आवश्यक कारवाही गर्ने ।
१३. खानेपानी, शौचालय, बिजुली, पार्क, सिटिहल, कर्बडहल र मञ्चको उचित व्यवस्था गरी बजारलाई
आधुनिकीकरण गरी स्वच्छ तथा फोहरमैला मुक्त नगर बनाउने ।
१४. उच्च शिक्षा हासिल गर्न चाहने पिछडिएका जातजातिलाई अनुदानको व्यवस्था गर्ने ।
१५. करका दायरा बढाई कर प्रणालीलाई व्यवस्थित गर्ने ।
१६. खेलकुदको विकासलाई उच्च प्राथमिकता दिने ।
१७ वडा- वडा टोलहरुको समस्या पहिले अध्ययन गर्ने र त्यसपछि आपसी सम्झदारीमा बजेटको
व्यवस्था गर्ने एवं नगरपालिकाका दुर्गम तथा पिछडिएका क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने ।
१८. नगरपालिकाले सिधै नगरपालिकाभित्र चलिरहेको हरेक कामहरु सडक विस्तार होस् या ढल निकास, पानी, बिजुली, सरकारी भवन किन नहुन सिघै अनुगमन गर्ने छ । यदि कुनै पनि संरचना मापदण्ड अनुसार बनेका छैनन् भने सिधै कारवाही गरिने छ । किनकि नगरबासीबाट कर उठाएको पैसाको उच्चतम उपयोग होस भन्ने ध्येयले भ्रष्टाचार प्रति शुन्य सहनशीलताको नीति लिई निर्मुल गर्ने। नगरपालिको बजेट नगरको विकासमा मात्र खर्च गरिने छ, नकी भ्रष्टाचार गर्नलाई ।
१९. नगरपालिकाभित्र गुण्डागर्दी, घुषखोरी, दादागीरी, व्यवसायीलाई हैरानी गर्ने र काम नगर्न दिने • गिरोहलाई पुलिस प्रशासनको समन्वयमा कडा भन्दा कडा सजायको व्यवस्था गरिने छ । २०, यस नगर भित्र रहेका हरेक नागरिकलाई कार्यकारी नगर प्रमुख (Mayor) प्राप्त भएको महसुस • दिलाउने तथा नगरबासीका हरेक समस्या र कठिनाई संग सहकार्य एवं हातेमालो गर्दै विकास
गर्ने ।
२१. सधै भाषण बाजी, खादा ओढ्ने तथा अमूल्य समयलाई बर्बाद गरी नगरको विकासमा ध्यान नदिने प्रथाको जरै देखि उत्खनन गर्ने र नगरपालिकालाई स्वच्छ तथा समृद्धि बनाउने एवं
रचनात्मक र परिणाममुखी कार्यमा समय दिने । २२. आरक्ष क्षेत्र आसपास बसोबास गर्ने जनसमुदायका समस्यालाई उचित ढंगले सम्बोधन गर्ने ।
२३. नमूना गांउ (Smart Village) बनाउने । २४. प्रत्येक विकास कार्यमा सामाजिक लेखा परीक्षण कार्यक्रमलाई सशक्त र प्रभावकारी ढंगले परिणाममुखी ढंगले सम्पन्न गर्ने २५. हेलो मेयर ( Hello Mayor) कार्यक्रम जनगुनासा सम्बोधन गर्ने ध्येयले नियमित रुपले संचालन गर्ने ।
साथै उनले कार्यक्रमका बिच मेरो उम्मेदवारी कुनै राजनैतिक दल, पार्टी, व्यापारी दलालबाट परिचालन नभइ मेरो सिकेको • सिप, मेरो विगतको इतिहास इमान्दारीता, अनुशासन, देश विकासको लागि सोच्न सक्ने Vision तथा आफ्नो नगरलाई बिकास तिर लैजाने घोषणा गरेका छन् l
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी