२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
एमाले कञ्चनपुरभित्र चरम ओली प्रवृति हावी भएको भन्दै जिल्लाभरीका नेता कार्यकर्ता असन्तुष्ट मात्र होईनन, पार्टी छाडेरै अर्को पार्टीमा प्रवेस गरिरहेका छन ।
एमाले प्रदेश, जिल्ला नेतृत्व सिङ्गै कम्युनिष्ट नभई काँग्रेस जस्तो एकतान्त्रिक शासनमा लागेका भन्दै एमाले ईमान्दार नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरिहेका हुन ।
भन्ने बोला कम्युनिष्ट भन्ने तर चरम क्षेत्रीयता, जातियता, भेगिय चिन्तन एव चाकरी प्रथाबाट कम्युनिष्ट पार्टी चलिरहेको भन्दै उनीहरु नेकपा एकीकृत समाजवादीमा प्रवेस गर्न लागेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार अहिल जिल्ला इन्चार्ज निरुदेवी पाल नेतृत्वको एमालेले पुरै ओलील दुई पटक ससद विघटन गरेजस्तै आफ्नो कब्जाका ल्याउन लागेको भन्दै अध्यक्ष सुरेन्द्र विष्ट, सचिव पल्लवराज भट्ट सहितका नेता कार्यकर्ता समेत असन्तुष्ट रहेका छन । एमाले कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी(ज्वाला) सहितका अधिकाँस नेताहरुले समाजिक सञ्जालमा प्रस्ष्ट बुझिने गरि नेतृत्वको कडा आलोचना गरेको छ । हिजोको निर्णय गलत थियो, अब सहि निर्णय गरौँ, यात्रा हो, जिन्दगी ढुङा बढलेर चल्नुपर्छ । हालै एमाले जिल्ला सदस्यमा मनोनित भएका ज्यावालाले नेतृत्वको ब्यङग्य गरेका छन ।
एमालेमा ओली समुह हावि भएको भन्दै ओली समुहका नेताहरुले माओवादीबाट आएका प्रवेस गरेका र नेपाल समुहबाट फर्किएका नेता कार्यकर्तामाथि सौतेली आमाको भन्दा कठोर दुव्र्यवहार गरेको भन्दै नेताहरु चरम रुष्ट देखिएका छन । उनीहरुले आइतबार पाटी परित्याग गर्ने एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार समाजवादीमा बेकोट नगरका मेयर अशोक चन्द, सचिवालय सदस्य रामचन्द्र रेग्मी, राधाकृष्ण जोशी(ज्वाला) सहितको ठुलो टिम समाजवादीमा प्रवेस गर्दैछ । ओली प्रवृति कञ्चनपुरमा समेत हावि भएकाले त्यसले पार्टीमा ठुलो क्षति ल्याउने भएको भन्दै उनीहरुले त्यस बिरुद्धमा आन्तरिक संघर्ष भन्दा पाटी परित्याग गर्ने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार बेदकोट नगरमा सम्बोधन गर्ने कार्यक्रममा एमालेका ठुलो टिम प्रवेस गर्ने भएपछि एमाले कञ्चनपुरका नेताहरुले नियमित काम छाडेर उनीहरुलाई फकाउन दौडधुप बढाएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी