२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरका डेढ लाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०७८÷०७९मा डेढलाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुँवरले खोप लगाउने अभियानको तयारी भईरहेको बताए । उनका अनुसार कञ्चनपुरका ५२४ खोप केन्द्र मार्फत आगामी २५ चैत्रदेखि १८ बैशाखसम्म खोप अभियान संचालन गरिनेछ । स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोप अभियानका लागि जनस्वास्थ्यकर्मी सहितका सबैलाई तालिम दिईसकेको बताए ।
टाईफाई रोग बिरुद्धमा टिभीसी खोप लगाईने उनले बताए । ‘हामीले कम्तिमा २सय विद्यार्थी भएको विद्यालयमा एक खोप केन्द्र बनाएका छौँ, ‘उनले भने, ‘सामुदायिक विद्यालय र संस्थागत केन्द्रबाट खोप लगाउँछौँ ।’ केही पालिकाले परीक्षाको तालिका निकालेका कारण केही समस्या देखिएको उनले बताए ।
उनका अनुसार १लाख ६१ हजार ८७५बालबालिकालाई खोप दिर्इूने छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियान कार्यक्रम भएकाले सहयोगका लागि अपिल गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी